News 24 Television
जनकपुर मन्दिरमा विवाहका लागि विदेशी समेत लालायीत !

काठमाडौं । नेपालका लागि बेलायती राजदूत रब फेन र उनकी धर्मपत्नि जुलिया फेनले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ हिन्दु संस्कार अनुसार जनकपुरमा धुमधामले मनाए । मिथिला परम्पराको विवाहमा हुने स्वयंवरका बेला लगाइने फूलको वरमाला र बेहुलाले टाउकोमा पहिरने मौर पागमा सजिएका थिए फेन ।  

त्यस्तै रातो सारी, घुम्टोमा र रातो झत्तेपोतेमा सजिएकी फेनकी धर्मपत्नी जुलिया झट्ट हेर्दा नेपाली दुलही जस्तै देखिएकी थिइन् । 

त्रेतायुगमा भगवान रामजानकीले जनकपुरमै विवाह गरेकाले आफ्नो वैवाहिक वर्षगाँठ जनकपुरधामा मनाउँन पाएको भन्दै यी दम्पती निकै हर्षित देखिन्थे । 

उनीहरु आफ्नो वर्षगाठका लागि नेपालको रामजानकी मन्दिरमा आउँन पाउँदै निकै निकै खुसी भएको बताउँछन् । उनीहरुले माता जानकीको पवित्र जन्मभूमि र मिथिला र मधेसको परम्परागत भेष, भाषा, संस्कृति तथा रितिरिवाज रमणीय र संसारकै उत्कृष्ट स्थान भएको समेत बताएका छन् । 

साचै, फेन दम्पतीले भनेको जस्तै नेपालको भौगोलीक बनावट, भेषभूषा, भाषा, संकृति संसारकै एक उत्कृष्ट मध्यको एक हो । फेन दम्पतीले नेपालको जानकीभूमिलाई आफ्नो खुसी साटासाट गर्ने एक महत्वपूर्ण स्थानका रुपमा रोज्नुले नेपालको पर्यटकीय गन्तब्यकाका रुपमा अर्को संभावनालाई उजार गरेको छ । 

नेपालको रमणीय दृष्य अवालोकन गर्न, साहासी पर्यटन तथा धार्मिक पर्यटन क्षेत्रका रुपमा मात्र नभएर हिन्दु परम्परा अनुसारको विवाह वा वर्षगाठ मनाउँन सकिने वेडिङ हब पर्यटन क्षेत्रका रुपमा समेत विकास र विस्तार सकिने संभावन यसले दर्साउँछ । रामजानकी मन्दिर धार्मिक रुपमा जति प्रख्यात छ । 

त्यति नै राम र सिताको सुमधुर प्रेम र विवाहको सम्बन्ध पनि प्रख्यात छ । यहि राम र सिताको जोडीको पवित्र स्थानलाई वेडिङ हवका रुपमा प्रचार प्रसार गर्न सक्ने हो भने रामजानकी मन्दिरलाई विवाह हर्वका रुपमा समेत लैजान सकिने प्रचुर संभावना यसले पनि दर्साएको  छ । साथै नेपालमा विभिन्न जातजाती र त्यसमा पनि फरक फरक विवाहको परम्परा रहेकाले फरक–फरक परम्परा अनुसारका विवाह वा वर्षगाठ मनाउँन आउँने पर्यटकलाई आर्कषण गरी प्रचार प्रसार गर्न आवश्यक देखिन्छ । 

त्यसो त, बजेट भाषणका क्रममा नेपाल सरकारले विवाह गर्न आउने पर्यटकलाई आकर्षित गर्न कार्यक्रम ल्याउँने समेत जनाएको थियो । 

त्यसैले अन्य पर्यटन जस्तै विवाहस्थल जनकपुरलाई वेडिङ हबका रुपमा विकास र विस्तार गर्ने हो भने यसले पर्यटन क्षेत्रका लागि थम आयाम थप्न मद्दत पुग्ने देखिन्छ । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update