News 24 Television
हात्तीको पेनाल्टी सुट र मिष्ठान्न भोजन 

चितवन । सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका निजी स्तरका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको हो ।

यस्तै, डुंगादौड, पेनाल्टी सुट आउट, हात्ती सुन्दरी र हात्तीहरुलाई मिष्ठान्न परिकार सहित वनभोज खुवाएको हो । विभिन्न विधामा प्रतियोगिता जित्नेलाई समापन समारोहमा पुरस्कार वितरण गर्ने तयारी गरिएको  छ । 

सौराहामा जारी चितवन हात्ती तथा पर्यटन महोत्सव अन्तर्गत आइतबार सौराहाका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको छ । सौराहाको सफारी पर्यटनमा प्रयोग हुँदै आएका निजी स्तरका हात्तीहरुको स्वास्थ्य परीक्षण गरिएको हो । 

नेपाल पर्यटन बोर्डसँगको सहकार्य तथा राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको सहकार्यमा आयोजना गरिएको शिविरमा सौराहाका ४५ वटा हात्तीको स्वास्थ्य परीक्षण गरिएको हो । राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका पशु चिकित्सक डा.अमिर सडौला र पशु प्राविधिक किरण रिजालले हात्तीको स्वास्थ्य परीक्षण गरेका हुन् । 

उनीहरुको हात्तीको ज्वरो, खुट्टाको नङ व्यवस्थापन, शरिरमा रहेका घाँउ र अन्य संवेदनशिल अंकको परीक्षण गरी उपचार गरेका हुन् ।

सौराहाको सफारी पर्यटनमा प्रयोग भएका हात्तीहरुको नियमित स्वास्थ्य परीक्षण आवश्यक रहेकोले हात्तीहरुको परीक्षण गरी उपचार गरिएको हो । 

मानिसमा जस्तै हात्तीमा पनि क्षयरोेग लाग्ने र एक अर्काबाट सर्न पनि सक्ने भएकाले पनि सौराहाका सबै हात्तीहरुको क्षयरोगको संक्रमण रहे नरहेको परिक्षण गरिदै आइएको छ । 

सौराहाका कुनै पनि हात्तीमा अहिले क्षयरोगको संक्रमण भने देखिएको छैन । प्रत्येक वर्ष दुई बर्षमा दुई तिन पटकनै हात्तीहरुको स्वास्थ्य परिक्षण गरिदै आएको आयोजको भनाई छ । 

कलोपत्रे सडकमा हिड्दा हात्तीको खुुरमा समस्या देखिने हुँदा हात्तीको नङ व्यवस्थापनलाई प्राथमिकता दिने गरिएको छ । 

यसैबीच महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ चितवन सौराहाले हात्तीको पेनल्टी सुट आउट, हात्ती सुन्दरी र हात्तीहरुलाई मिष्ठान्न परिकार सहित वनभोज खुवाएको छ । नेपालमा एक सय ५० वटा हात्ती निजी स्तरमा पालिएका छन् । 

वनभोजमा हात्तीलाई मन पर्ने खानेकुरा दिइएको थियो । कलात्मक रुपमा सजिएका हात्तीले बनभोज खाँदै गरेको क्षण नजिक भएर सेल्फी खिच्नेको भिड रोचक   थियो । हात्तीहरुको वनभोज कार्यक्रम आकर्षणको रुपमा रहँदै आएको छ ।

महोत्सव अन्तर्गत भएको डुंगादौड प्रतियोगितामा भरतपुर महानगरपालिकाले प्रतिनिधित्व गरेको डुंगा प्रथम भएको छ । प्रतियोगितामा भरतपुर महानगरको तर्फ प्रतिनिधित्व गरेर राहुल चौधरीले निर्धारित दुरी १२ मिनेट ५१ सेकेण्डमा पार गरेका थिए रहेको डुंगा प्रथम भएको हो । 

सो प्रतियोगितामा रत्ननगर नगरपालिका द्धितीय र कालिका नगरपालिका तृतीय भएको महोत्सवको आयोजक संस्था क्षेत्रीय होटल संघ सौराहाले जनाएको छ । 

रत्ननगर नगरपालिकाको तर्फबाट कानु वोटे र कालिका नगरपालिकाको तर्फबाट होमबहादुर कुमाले डुंगा चलाएका थिए । सौराहा स्थित राप्ती नदीको २ किलोमिटरमा डुंगा दौड प्रतियोगिता गरिएको थियो ।

प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई महोत्सव समापन समारोहमा शिल्ड र नगद पुरस्कार प्रदान गरिने छ । अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सञ्चालन गरिएको महोत्सवले सौराहामा रौनकता थपेको छ । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update