News 24 Television
पोखरामा चिनियाँ खेलको उत्सव ! नयाँ वर्षको नौलो रौनक !

कास्की । छिमेकी राष्ट्र चीनमा लोकप्रिय रहेको ड्रागन बोट रेस प्रतियोगिता पोखरामा शुरू भएको   छ । नयाँ वर्ष २०२५ को सन्दर्भ पारेर राखिएको प्रतियोगितामा नेपाल, चीन, सिंगापुर गरि कुल २० टिमको सहभागिता रहेको छ । 

पर्यटकीय राजधानी पोखरामा चिनिया पर्यटकलाई आकर्षित गर्नका लागि विभिन्न चिनिया खेलका गतिविधिहरू बढिरहेका छन् । पर्यटकलाई आकर्षित गर्ने लक्ष्यले नै आइतबारदेखि पोखराको फेवातालमा ड्रागन बोट रेस प्रतियोगिता शुरु भएको छ । यो खेल चीनमा अति लोकप्रिय र ऐतिहासिक मानिन्छ । 

दुई दिनसम्म चल्ने यो प्रतियोगितामा नेपालका ११, चीनका आठ र सिङ्गापुरका एक गरी कुल २० टिमको सहभागिता रहेको छ ।  

नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ आइतबार भव्य कार्यक्रमका बिच प्रतियोगिताको उत्घाटन गरियो । 

यसरी हुने अन्तर्राष्ट्रिय गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा सम्बन्ध विस्तार हुने र पर्यटन चलायमान हुनेमा पर्यटन व्यवसायी विश्वस्त छन् । खेलको माध्यम बाट पर्यटन मात्र होइन आर्थिक र सामाजिक रुपमा स्थापित तथा विकास हुने नेपाल सरकारका खेलकुद मन्त्री तेजुलाल चौधरी बताउँछन्।

केही समय अगाडि सम्पन्न प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा पनि मुख्यतया चारवटा कार्यक्रमलाई नेपाल चीनबीचको सम्बन्धको कोशेढुङ्गाको रूपमा चित्रण गरिएको थियो । ती चारमध्ये एक ड्रागन बोट्रेस प्रतियोगिता पनि हो । 

नेपालस्थित चिनिया दूतावासले सन् २०२५ नेपाल–चीन बीचको सम्बन्धमा ७० वर्ष पूरा हुने चिनिया नागरिकका लागि २०२५ लाई नेपाल भ्रमण वर्षको घोषणा गरिएको जनाएको छ । पोखरामा भएको अन्तर्राष्ट्रिय ड्रागन बोट रेस प्रतियोगिताले नेपाल–चीन बीचको एकता र सद्भावलाई सहयोग मिलेको चिनिया राजदुत छन् सोङ बताउँछन् ।

२ सय मिटर र ५ सय मिटर दूरीमा आयोजना गरिने प्रतियोगितामा दुवै दूरीका प्रथम हुने विजेता समूहले पाँच हजार डलर अर्थात ६ लाख ८५ हजार रुपैयाँ, उपविजेताले दुई हजार डलर अर्थात २ लाख ७४ हजार रुपैयाँ, तृतीयले १ हजार २ सय डलर अर्थात १ लाख ६४ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

त्यसैगरी, सहभागी बाँकी १७ वटा समूहलाई प्रतिसमूह पाँच सय डलर पनि प्रदान गरिने आयोजकले जनाएको छ । चीन सरकारकै अगुवाइमा नेपालमा पहिलो पटक सन् २०२३ मा ड्रागन बोट फेस्टिभल भएको थियो । 

चीनले यसखाले प्रतियोगिता विश्वका ५० वटा देशमा आयोजना गर्दै आएको छ । यसरी आयोजना हुने अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिताले छिमेकी राष्ट्रहरूको सम्बन्धमा थप गतिशील एबम् बनाउनुका साथै दुई देश बीचको साझा चासो र हितमा सहयोग पुग्ने पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् ।

गत वर्षदेखि पोखराको फेवाताल र बेगनास तालमा आयोजना हुन थालेको ड्रागन बोट रेस प्रतियोगिताले नेपाल चिन दुई पक्षीय सम्बन्धमा नयाँ आयाम थप्ने, पोखरामा वाटर स्पोट्र्सका नयाँ सम्भावनाहरूको खोजी गर्ने, पोखराका तालहरूलाई आकर्षणका केन्द्रका रूपमा विकास गर्ने र आसपासको पर्यटन विकासमा टेवा पु¥याउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास गरिएको छ । 

प्रकाशित मिति: सोमबार, पुस १५, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update