News 24 Television
डा. अनिल भट्टराई सहितको टोलीद्वारा निःशुल्क मुटु रोग स्वास्थ्य शिविर

काठमाडौं । वरिष्ठ मुटु रोग विशेषज्ञ अनिल भट्टराई सहितको टोलीले पर्वतको दिमुवामा दुई दिने निःशुल्क मुटु रोग स्वास्थ्य शिविर संचालन गरेको छ । 

जिल्लाको मोदी गाउँपालिका वडा नम्बर ६ तिलहार दिमुवामा शिविर संचालन गरिएको हो । उक्त नि:शुल्क स्वास्थ्या शिविरमा १२ सय ४५ जनाको मुटु परीक्षण गरिएको थियो।

dr-1735454703.jpg
उक्त शिविरमा शिविरमा औषधि, इसिजी, इको, अल्ट्रासाउण्ड लगायतका सेवा नि:शुल्क उपलब्ध थिए। मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टर, नेपाल कार्डियो, सेभ द हार्ट र मोदी गाउँपालिकाको संयुक्त आयोजनामा भएको शिविरमा मुटु रोग विशेषज्ञ डा. अनिल भट्टराई र सूर्य देवकोटासहित २५ जनाको विशेष टोली थियो।

स्वास्थ्य परीक्षण गरिएकामध्ये ६ जनाको मुटुको अपरेसन गर्नुपर्ने डा. भट्टराईले बताएका छन् । 

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update