News 24 Television
सौराहामा हात्तीसँग टिकटक बनाउनेको भीँड 

चितवन । विहिवारदेखि चितवनमा जारी ‘हात्ती तथा चितवन पर्यटन महोत्सव’मा स्वदेशी तथा विदेशी पर्यटकहरु निकै रमाएका छन् । हात्ती महोत्सव शुरु भएको तेश्रो दिन आइपुग्दा यसको रौनकता झनै बढ्दै गएको छ । 

हात्तीसंग फोटो खिचाउने, हात्तीलाई खाना खुवाउँदै भिडिओ बनाउने तथा टिकटक बनाउनेहरुको शनिवार भिड नै लागेको हो । महोत्सवमा सहभागीहरुले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जानुपर्ने सुझाव समेत दिएका छन् । 

चितवनको सौराहामा जारी हात्ती तथा चितवन पर्यटन महोत्सवमा दर्शकहरुको सहभागिता उल्लेख्य रहेको छ । अन्य दिनको तुलनामा कार्यक्रम स्थलमा शनिवार दर्शकहरुले भरिभराउ भएको थियो ।

हात्ती महोत्सव शुरु भएको तेश्रो दिन आईपुग्दा यसको रौनकता झनै बढ्दै गएको हो । हात्तीसंग फोटो खिचाउने, हात्तीलाई खाना खुवाउँदै भिडिओ बनाउने तथा टिकटक बनाउनेहरुको भिड नै लागेको हो । हात्तीसंगै रमाउँन पाउँदा निकै रमाईलो लागेको सहभागीहरुले बताएका छन् ।

चितवनको सौराहामा पर्यटकीय नगरको रुपमा परिचित छ । क्षेत्रीय होटल सङ्घ, चितवन सौराहाको आयोजनामा सञ्चालन भैरहेको महोत्सवको सांस्कृतिक तथा सांङ्गेतिक कार्यक्रम, हात्तीहरुको प्रर्दशनी, मह महोत्सव तथा अन्य स्थानीय परिकारका खानाहरुले पाहुनाहरुलाई लोभ्याइ रहेको छ । 

कोरोना महामारी र आर्थिक मन्दीले थलिएर तंग्रिँदै गरेको सौराहाको पर्यटन व्यवसायलाई अझै माथि उकास्न सम्बन्धित एवं जिम्मेवार संघसंस्थासँगको सहकार्यमा महोत्सव आयोजना गरिएको हो । 

महोत्सवले हरेक वर्ष २५ देखि ३० प्रतिशत पर्यटक आगमन वृद्धि हुने गरेको आयोजकले दाबी गर्दै आएका छन् ।  महोत्सवमा हुने गतिविधिले पर्यटन विकास बाहेक हात्तीको महत्व समेत उजागर हुँदै जाने हुँदा यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै जानु पर्ने सहभागिहरुको सुझाव छ ।
 
२०५५ सालदेखि चितवनमा हुँदै आएको हात्ती महोत्सव कोराना महामारीका कारण तीन वर्ष रोकिएको थियो । चितवनको पर्यटन विकासमा योगदान दिँदै आएको महोत्सवलाई गत वर्षदेखि पुनः निरन्तरता दिइएको छ । 

महोत्सवमा यस पटक हात्तीको शृंगार प्रतियोगिता, वनभोज आयोजना गरिएको छ भने डुंगा प्रतियोगिता समेत भएको छ ।

प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  ०८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update