News 24 Television
विदेशीएका स्वास्थ्य जनशक्तिमा सरकारको ध्यान, सहयोग गर्न आग्रह 

काठमाडौं । स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले काठमाडौंमा आयोजना गरेको दुई दिने नेपाल हेल्थ कन्क्लेभ शुक्रवार सकिएको छ । 

कन्क्लेभ नेपालको स्वास्थ्य क्षेत्रको विकास र विस्तारमा कसरी सहयोग गर्न सकिन्छ भन्नेमा केन्द्रीत थियो । सम्मलेलनमा स्वास्थ्य क्षेत्रका समस्या, प्रणालीका सुदृढ नीतिगत सिफारिस प्रस्तुतिदेखि स्थानीय र अन्तर्राष्ट्रिय चिकित्सक, स्वास्थ्यकर्मीबीच दीर्घकालीन सहकार्यका लागि रणनीति विषयमा कार्यपत्र समेत प्रस्तुत गरिएको थियो ।

स्वास्थ्य सेवाको सुदृढीकरणका लागि प्रवासीहरुको संलग्नता’ नारा सहित विहिवारदेखि सुरु भएको नेपाल हेल्थ कन्क्लेभ सम्मेलन नेपाल बाहिर र भित्र रहेका सबै जनशक्ति मिलेर स्वास्थ्य क्षेत्रको विकास गर्नुपर्ने निचोड सहित समापन भएको छ । 

नेपाल बाहिर विभिन्न देशमा कार्यरत ५० भन्दा बढी चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको सम्मेलनमा स्वास्थ्य क्षेत्रमा देखिएका समयस्या तथा यसको समाधानका विषयमा छलफल गरिएको छ । 

सम्मेलनमा स्वास्थ्यमन्त्री प्रदिप पौडेलले स्वास्थ्य सेवा सुधारका लागि आफुले काम गरेको र नेपाल बाहिर रहेका स्वास्थ्यकर्मीले पनि मिलेर देश बनाउन योगदान दिनुपर्ने बताए । 

सम्मेलनको दोस्रो दिन शुक्रवार विश्व स्वास्थ्य सङ्गठनका महानिर्देशक टेड्रोस आधानोम गेब्रेयेससले भिडियो सन्देशमार्फत सम्मेलनको सफलताको कामना गर्दै स्वास्थ्यकर्मीहरू स्वास्थ्य प्रणालीका मेरुदण्ड भएको उल्लेख गरेका थिए । 

त्यस्तै स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेलले सम्मेलनबाट प्रवासी नेपाली समुदाय र स्वास्थ्य क्षेत्रका समस्या पहिचान तथा तिनको निराकरणमा सहयोग पुग्ने विश्वास व्यतm गरे । 

सम्मेलनम प्रवासी संलग्नताको विश्वव्यापी अभ्यास, ‘इ–हेल्थ’ र उन्नत स्वास्थ्य, नीतिगत संवाद र दीर्घकालीन संलग्नता तथा अनुसन्धान, शिक्षा र नवीनतालगायतका विषयमा छलफल तथा विज्ञहरुको अनुभव आदानप्रदान समेत गरिएको थियो । सम्मेलनले पछिल्लो समय विदेश पलायन भएका स्वास्थ्य जनशतिmलाई स्वदेशमा फर्काउन तथा स्वदेशमा टिकाउन सम्मेलन प्रभावकारी हुने विश्वास समेत गरिएको  छ ।  

सम्मेलनमा भौतिक रुपमा तीन सय भन्दा बढि र भर्चुअल रुपमा एक हजारभन्दा बढीको सहभागिता रहेको थियो । कन्क्लेभमा विदेशबाट भर्चुअल माध्यमबाट सहभागिहरुले नेपालको स्वास्थ्य क्षेत्रमा व्यक्तिगत र संस्थागत रुपमा सहयोग गरिरहेको र आगामी दिनमा नेपालको स्वास्थ्य क्षेत्रका लागि एकीकृत रुपमा सहयोग गरिरहने प्रतिबद्धता जनाइएको छ । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update