News 24 Television
कृषिले फेरिदैं चुरे क्षेत्रको अवस्था, गाउँमै भेटिन थाले नेता र युवा 

कैलाली । कैलालीको चुरे क्षेत्रसँग कृषि, पर्यटन, वन पैदावार, जडीबुटी लगायतको  राम्रो सम्भावना छ । सुगम जिल्लामा गणना हुने भएपनि यी क्षेत्रमा अझै यातायातको सञ्जाल भने जोडीन सकेको छैन । तर मुलुकको पुर्नसंरचनासंगै स्थानीय तह आएपछी धेरै ठाउँमा सडक सञ्जाज जोडिदैछन् । 

जसका कारण कृषि क्षेत्रमा चुरे क्षेत्रले राम्रो फड्को मारेको छ ।  कैलालीको पहाडी इलाकामा पर्ने चुरे क्षेत्र कृषिको लागी राम्रो सम्भावना बोकेको क्षेत्र हो ।  १३ ओटा स्थानीय पालिका रहेको कैलालीमा २ पालिका पहाडी क्षेत्रमा पर्दछन् । 

कान्छो पहाडको रुपमा चिनिने चुरे पहाडी भेगमा पर्ने यी दुई ओटा चुरे र मोहन्याल गाउँपालिकाले क्षेत्रफलको हिसावले जिल्लाको ४० प्रतिसत भु–भाग ओगटेका छन् ।  यहाँका किसानहरुले बर्षमा लाखौको तरकारी, सुन्तला, अदुवा, खसि बोका निर्यात गर्दै आएका छन् । पहाडी क्षेत्रमा रोजगार नरहेको भन्दै तराई झर्ने तथा विदेशीने क्रमलाई यहाँको कृषिले केही मात्रमा भएपनी कमी ल्याएको छ । 

चुरे क्षेत्रमा कृषि उत्पादन बढेसंगै यस क्षेत्रमा कृषिसंग सम्बन्धीत विभिन्न उद्योगहरु समेत खुलेका छन् भने कृषि उद्योग खुलेसंगै रोजगारी सृजना संगै कृषि उत्पादनले समेत राम्रो बजार पाएपछि किसानहरुको आम्दानी समेत बढेको छ बाईट ः नरहरि सापकोटा, किसान 

विगतमा सडक सञ्जाल नजोडिएका कारण बारीमै कुहीने फलफूल तथा तरकारी अहिले बारीबाटै बिक्री हुन र मुल्य समेत राम्रो पाउन थालेपछी व्यवसायीक कृषितर्फ किसानको आकर्षण बढेको हो । 

यस क्षेत्रको सम्भावना, किसानहरुको लगनशिलता तथा यस क्षेत्रका समस्या सरकारले राम्रोसंग बुझेकोले सरकार सधै किसानको साथमा रहेको कृषि ज्ञान केन्द्र कैलालीले जनाएको छ । 

विगतको केन्द्रीकृत शासन व्यवस्थाभन्दा अहिले प्रदेश तथा स्थानीय सरकार बनेपछि भने सरकार किसानको सहयात्री बनेको जनप्रतिनिधि बताउँछन् ।   

सुदूरपश्चिम प्रदेशका भूमीसुधार, कृषि तथा सहकारी मन्त्रीले वीरबहादुर थापाले चुरेका किसानहरुको बारीमै पुगेर सम्भावना र समस्याको बारेमा जानकारी लिएका छन् । यो क्षेत्रका कृषि उत्पादनलाई ब्राण्डिङ गरेर बजारसम्म पु¥याउन प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्धता पनि मन्त्री थापाले गरेका छन् ।   

पछिल्लो १० वर्षयता सडक सञ्जाल विस्तार, फोन, इन्टरनेट, टेलिभिजन, बैंक, अस्पताल, बिजुली, कृषि कर्जा, नीजि विद्यालय लगायतका बढ्दो पहुँचले धेरथोर भए पनि युवा गाउँमै अडिन थालेका छन् । कर्मचारी, नेतादेखि व्यवसायीसम्म गाउँ पस्न थालेका छन् । 

प्रकाशित मिति: शनिबार, पुस १३, २०८१  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update