News 24 Television
निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई छायाँमा पार्न दिँदैनौँ : पर्यटनमन्त्री

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताएका छन् ।

शुक्रवार नेपाल नागरिक उड्डयन प्राधिकरणले आयोजना गरेको एभियसन मिट २०२४ कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले छोटो समयमा दुईवटा विमानस्थल चलेनन् भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने विषयलाई छायाँमा पार्न खोजिएको बताए । उनले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने नेपालको सपना साकार बनाउनै पर्नेमा जोड दिए । 

उहाँले विमानस्थल बनेको छोटो समयमा विमानस्थल सञ्चालनमा आएनन भनेर निराश हुने अवस्था नरहेको भन्दै मन्त्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको साहायक हेल्पिङ ह्याण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल बनेको भन्दै ती विमानस्थल सञ्चालनका लागि सरकारले आवश्यक पहल गर्ने बताए । उनले निजगढ अन्तर्राष्ट्रिय विमास्थल बनाउने सपना साकार बनाए निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एशियाकै सपना हुने दाबी समेत गरे । 

सरकारले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेको भन्दै अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पुरा गर्नुपर्ने समेत जोड दिए । उनले होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जानसक्ने भन्दै जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन पनि आउने सपना देख्नुपर्ने बताए । 

उनले भने, ‘त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल मुख्य हो । यसका साहायक हेल्पिङ हाण्डहरु भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हुन । यी सपना र आशाका सञ्चार गर्दै जानुपर्छ । छोटो काल खण्डमा दुईवटा विमानस्थल चलेनन भनेर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नेपालले बेकेको सपना छ । नेपालको यो सपना साकार बनायौं भने निजगढ अन्तर्राष्ट्रिय विमानस्थल एसियाको सपना हुन्छ । निजगढ विमानस्थल बनाउने कुरा छायाँमा बनाउने काम गर्न दिनु हुँदैन । हामीले आशा सञ्चार गरिरहनुपर्छ । हामीले सबै भन्दा होचो उपत्यका तुम्लिङटार एटिआर ७२ उडान गरिरहेका छौ । हामीले अब अग्लो उपत्यका जुम्लामा पनि एटिआर ७२ उडान गर्ने सपना देखेर पु¥याउनुपर्छ । हामीसँग त्यो सम्भवाना छ । होचो उपत्यका तुम्लिङटारमा जाने एटिआर ७२ अग्लो उपत्यका जुम्लामा जाँदैन भन्ने कुरा हुन सक्दैन । जुम्लाबाट हिमालपार गरेर चीनमा उडान गर्ने दिन हामीले ल्याउनुपर्छ ।’

उनले नेपालका विभिन्न विमानस्थलबाट भारतका विभिन्न ठाउँमा उडान गर्नसक्ने सम्भावना रहेको बताउँदै त्यसका लागि सरकारले कुटनीतिक रुपमा पहल गर्न आवश्यक रहेको बताए । 

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १९:००
प्रतिक्रिया दिनुहोस्
Weather Update