News 24 Television
सर्लाहीमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त 

सर्लाही । सर्लाहीको ट्राफिक व्यवस्थापनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय उदासिन देखिएको छ । ट्राफिक व्यवस्थापनमा ट्राफिकले कन्जुस्याई गरेपछि यतिवेला सर्लाही जिल्लाका मूख्य बजारका सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त भयको छ ।

सर्लाहीको मूख्य बजार लालबन्दी नबलपूर बरहथवाको मुख्य चौक देखि बजार क्षेत्र समेत ट्राफिक प्रमूखका कारण ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । यसले शहरको सौन्दर्यमा ह्रास त ल्याएको नै छ सर्लाहीबासीमा समेत हिनता बोध हुन थालेको छ । सर्लाही जिल्लाका मुख्य बजार लालबन्दी, नबलपूर,बागमति र बरहथवाकै ट्राफिक ब्यावस्थापन राम्रो संग नगरेका कारण सवारी दुर्घटनाको खतरा बढदै जान थालेको लालबन्दिका स्थानीय राम महतोले बताए । 

जिल्लाका मूख्य बजार लालबन्दी बरहथवाको मुख्य चौक देखि बजार क्षेत्रमा समेत दोहोरो पार्किङ गरेर राखिएका सवारी साधनहरुकै कारण सवारी दुर्घटनाको खतरा बढ्दै जान थालेको स्थानीय व्यापारीहरु बताउ छन् । जिल्ला सदरमुकाम मलंगवा,जिल्लाको मुख्य बजार लालबन्दी,बरथवा,बागमती नबलपूर,लगायतका मुख्य बजार तथा चोकहरुमा सवारीको मनलाग्दी पार्किङका कारण समस्या उत्पन्न हुदै आएको हो । 

IMG-20241210-WA0001-1735286949.jpg
दिनभरी चोकमा बस्ने ट्राफिक प्रहरीले दायाबाया नहेर्ने गरेका कारण पुर्व पश्चिम लोकमार्गमै मनलाग्दी सवारी पार्किङले बड्दै जाँदा समेत ट्राफिक प्रहरीको ध्यान जान नसकेको स्थानीय मदन महतोले बताउछन् । सबारि साधन ब्यस्त रहने शहर  लालबन्दिमा,बरहथवा नबलपूर,बजार क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । मुख्य चोक क्षेत्रमा अस्तव्यस्त तरीकाले सवारीसाधन पार्किङ समेत हुंदै आएको छ । नबलपूर,बरहथवा र लालबन्दी सडकमा खूल्ला रुपमा सवारि पार्किङ ग्रर्नाले सडक क्षेत्रमा सवारी आवगमनमा समस्या हुने गरेको सवारी चालक राम हरि दाहालले गुनासो गरेका छन् ।

सबारी साधनको जाम हटाउन सर्लाही ट्राफिक प्रहरी उदासिन देखिएका छ । विषेश गरी नवलपूर, बरहथवा र लालबन्दीको मुख्य चोक क्षेत्रमा ट्राफिक व्यवस्थापन अस्तव्यस्त बनेको छ । मुख्य चोक क्षेत्रमा अस्तव्यस्त तरीकाले सवारीसाधन पार्किङ समेत हुंदै आएको छ । यता नवलपूर, बरहथवा र लालबन्दीको सडकमा खूल्ला रुपमा सवारि पार्किङ ग्रनाले सडक क्षेत्रमा सवारी आवगमनमा समस्या हुने गरेको सवारी चालक जिबन बस्नेतले गुनासो गरेका छन् ।

सर्लाहीका विभिन्न चोक, गल्ली तथा सडकहरुमा ट्राफिक व्यवस्थापन अस्तब्यस्त हूदै गएको लामै समय भइसक्यो । सर्लाहीका पूर्व–पश्चिम राजमार्ग आसपासका चोकहरुको ट्राफिक व्यवस्थापन अस्तब्यस्त भएको स्थानीयको गुनासो छ । अत्याधिक सवारी साधन चल्ने पूर्व–पश्चिम राजमार्गस्थित शहरी क्षेत्रमा ट्राफिक ब्यबस्थापन अस्तव्यस्त बनेको छ । 

IMG-20241210-WA0002-1735286949.jpg
ट्राफिक कार्यालयमा नयाँ ट्राफिक प्रहरी प्रमूख आएसगैं ट्राफिक व्यवस्थापनमा सुधार आउने अपेक्षा राखेको सर्लाहीबासीले भद्रगोल ट्राफिक व्यवस्थापनका कारण सास्ती भोग्नु परेको छ । सर्लाहीका ट्राफिक प्रहरी प्रमुख रजोश घिमीरेलाई यहाँको ट्राफिक व्यवस्थापनमा कुनै चासो छैन् । ट्राफिक प्रहरी प्रमुख घिमीरे सर्लाहीमा आएदेखि नै सर्लाहीको ट्राफिक व्यवस्थापनमा अस्तव्यस्त बनेको छ । यसले सर्लाहीको मूख्य शहरको सौन्दर्यमा ह्रास त ल्याएको नै छ सर्लाहीबासीमा समेत हिनता बोध हुन थालेको स्थानियबासिहरु बताउछन । जिल्ला ट्राफिक प्रहरि कार्यालय सर्लाहीका ट्राफिक प्रहरी प्रमुख रजोश घिमीर कतै कमीसनमा त लोभियका छैनन् । प्रश्न चिन्न उब्जीयको छ । 

तर यता सो बिसयमा ट्राफिक प्रहरि प्रमूख घिमीरेलाई सोध्दा उनले भने म सर्लाही आयदेखीनै यहाँको ट्राफिक व्यवस्थापनमा मेरो चासो बढेको छ । हामी ट्राफिक व्यवस्थापनमा लागीरहेका छै ट्राफिक प्रहरि प्रमूख घिमीरे भने । 

सर्लाहीमा आर्थिक वर्ष २०७९/८० मा ९०२ र २०८०/८१ मा ६१५ सडक दुर्घटना भएका थिए । सवारी दुर्घटनामा परेर आर्थिक वर्ष २०७९/८० मा ६७ र २०८०/८१ मा ६२ जनाको मृत्यु भएको तथ्यांक छ । २०८१/८२ को चालूको मंसिर मसान्त सम्ममा दुर्घटना ३६७ मृत्यु २१ घाइते ६१० भयका छन । चालूआर्थिक वर्ष  २०८१/८२ को चालूको मंसिर मसान्त सम्ममा सर्लाही ट्राफिकले राजस्ब ९५ लाख ३५ हजार राजस्व उठायको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाही मातहतमा ११ यूनिट छन् ।

प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १३:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update