News 24 Television
माओवादी फुटेर १९ वटा भइसके, अझै कहाँ पुग्ने हो निश्चित छैन : विप्लव

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी फुट्ने क्रम नरोकिने बताएका छन् । बिहीवार माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रमा बोल्दै विप्लवले यस्तो बताएका हुन् ।

उनले माओवादी फुटेर साउने भेलजस्तो भएको भन्दै माओवादी नभएको कुनै ठाउँ नरहेको जिकिर समेत गरे । माओवादी फुटेर १९ वटा भइसकेको भन्दै विप्लवले माओवादी नेताहरुको मन शान्त र दिमाग स्थिर नभएको टिप्पणी गरे ।

उनले भने, ‘माओवादी लड्दालड्दै धेरै बढेपनि अटाएन । छल्कियो, यताउता पोखियो भनेपनि हुन्छ ।  साउनको भलेजस्तो कुलातिर पनि पस्या छ, झारीतिर पनि पस्या छ । बाटोमा पनि हिँड्या छ । कहाँ पुगेन माओवादी आज ? सबैतिर छ । माओवादी नभएको ठाउँ देख्नुहुन्न । फुट्न पनि हामी जति को फ्ट्या होला र ? एउटा साथिले डायरिमा लेख्नुभएछ । माओवादी १९ वटा पुगेछ । अर्को पनि थप्नुस् । २० हुन्छ । फुटेर कहाँ पुग्ने हो निश्चित छैन ।  फुट्दाफुट्दै जब यो सकिन्छ नि त्यसपछि सायद केन्द्रित पनि हुन्छ होला । कति फुट्यो ? सकियो कि सकिएन ? हिसाव हुँदैछ । यो साँचो कुरा हो । माओवादीका सबै घटकहरुमा यो बहसहरु चलिरहन्छन् नि त । विभिन्न तरंगहरु छन् किनभने माओवादीको मन शान्त छैन । मन शान्त नभएर दिमाग स्थिर छैन । समाजमा हाम्रोबारेमा अनेकौं खालका तर्कहरु छन् । माओवादीहरु शान्त भएर बस्ने मान्छेहरु पनि होइनौं नि त ।’

उनले माओवादी फुट्ने क्रम जारी रहेको उल्लेख गर्दै यो क्रम सकिएसँगै केन्द्रिकृत हुँदै जाने दाबी गरे ।

प्रकाशित मिति: बिहीबार, पुस ११, २०८१  १९:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update