मुगु । यतिबेला मुगुका अधिकांश युवाहरु रोजगारीका लागि भारततिर जाने गरेका छन् । गाउँमा कुनै किसिमको रोजगारीको सिर्जना नभएपछि उनीहरु भारततिर लागेका हुन् ।
गाउँमा उत्पादन गरेको खेतिले वर्षको ६ महिना पनि जिविकोपार्जन गर्न मुश्किल पर्ने भएपछि युवाहरु विदेशिन बाध्य भएका हुन् । गाँउ घरमा अन्य कुनै पनि आयस्रोत नहुदा सवै युवाहरु रोजगारीको शिलशिलामा विदेशिँदा गाउँ नै सुनसान बनेको छ ।
यतिबेला मुगुका अधिकांश युवाहरू रोजीरोटी एवं जीवन निर्वाहका लागि नेपालका ठूला सहर र भारततिर लागेका छन् । गाउँमा उत्पादन गरेको परिवार पाल्नै मुश्किल परेपछि युवाहरु रोजीरोटीका लागि विदेश पलायन भएका हुन् ।
वर्षेनि बाली लगाउनलाई सिँचाइ सुविधा समेत नभएको मुगुवासीलाई आफ्नो उत्पादनले ६ महिना जिविकोर्जन गर्न पनि मुुश्किल पर्छ । आम्दानको अन्य आय स्रोत नहुँदा उनीहरूले गाउँ छाछ्न बाध्य भएका हुन् । जिल्लाको सोरु गाउँपालिका, खत्याड गाउँपालिका, छायाँनाथ रारा नगरपालिका अन्तर्गत पाँच दर्जन गाउँका युवाहरू भारततर्फ पलायन भएका छन् । युवाहरु पलायन हुँदा गाउँमा जन्ती–मलामीको समेत अभाव हुने गरेको छ ।
स्थानीय सरकारले पनि रोजगारमूलक काम नल्याउने र राम्रा कार्यक्रमहरूमा आफ्ना नातागोताले अवसर पाउने गरेको स्थानीयको गुनासो छ ।
स्थानीय सरकारका आयोजना वा रोजगारमूलक कार्यक्रमहरूमा आफूहरूको पहुँच नपुगेकाले भारतमा गएर मजदुरी गर्न बाध्य भएको स्थानीय बताउँछन् ।
मुगुका स्थानीय तहहरुले भने गाउँमै रोजगारी दिने उद्देश्यले युवा लक्षित कार्यक्रम ल्याएको दाबी गर्ने गरेका छन् । सोरु गाउँपालिकाले त युवाहरूलाई गाउँमै रोजगारी दिलाउने उद्देश्यले उपाध्यक्ष कोषमार्फत विभिन्न कार्यक्रमहरु ल्याएको दाबी गरेको छ । युवा पलायन रोक्न भावी दिनमा अझ प्रभावकारी कार्यक्रम ल्याइने उनीहरुको प्रतिवद्धता छ ।
तर युवाहरु भने रोजगारीको अभावकै कारण विदेशिनु परेको बताउँछन् । रोजगारीकै लागि युवाहरू भारतका विभिन्न शहर पुग्ने गरेका छन् । कतिपय युवाहरु भने नेपालकै विभिन्न शहरहरु पुगेर मजदुरी र ब्यापार गर्ने गरेका छन् ।