६७ जना यात्रु बोकेको विमान दुर्घटना, २५ जना बच्न सफल
एजेन्सी । अजरबैजानको एउटा यात्रुवाहक जहाज दुर्घटनामा परेको छ । ६२ जना यात्रु र ५ जना चालक दलका सदस्यहरू रहेको उक्त जहाज बुधबार कजाकस्तानमा दुर्घटनाग्रस्त भएको हो ।
अजरबैजान एअरलाइन्सको उडान नम्बर जे२–८२४३ को जहाज अजरबैजानको राजधानी बाकुबाट चेचन्याको ग्रोज्नीतर्फ गइरहेको बेला दुर्घटनामा परेको बिबिसीले जनाएको छ । उक्त विमान बाक्लो हुस्सु वा कुहिरोका कारण दुर्घटना भएको बताइएको छ ।
अधिकारीहरुका अनुसार उक्त जहाज काजाकस्तानको अक्ताउ क्षेत्रनजिकै खसेको र विमानमा आगो लागेको थियो । उद्धारकर्मी तथा आकस्मिक सेवाका अधिकारीहरू बेलैमा पुग्दा २५ जना यात्रु भने बच्न सफल भएको जनाइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस १०, २०८१ १४:३७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय