
सर्लाही । सर्लाही हरिवनमा ट्याक्टरको पछाडि स्कुटर ठोकिँदा नगर प्रहरीमा कार्यरत युवकको मृत्यु भएको छ । गएराति ११ बजे पूर्वपश्चिम राजमार्गमा पर्ने हरिवन ९ नोचामा भएको दुर्घटनामा हरिवन नगरपालिकामा कार्यरत नगर प्रहरी युवकको मृत्यु भएको सर्लाही प्रहरीले जनायको छ । मृत्यु हुनेमा हरिवन नगरपालिका वडा नम्बर(८ निवासी २५ वर्षीय कवि रिखाम मगर छन्।
सोमबार राति ११ बजे हरिवनस्थित इन्दुशंकर चिनी उद्योगमा उखु पुर्याएर पश्चिमतिर जाँदै गरेको ना ६ त ३०५० नम्बरको ट्याक्टरमा बागमती प्रदेश ०२(०२८ प ६५०८ नम्बरको स्कुटर पछाडिबाट ठोकिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख किशोर तामाङले बताए ।
दुर्घटनामा गम्भीर घाइते भएका मगरको उपचारको क्रममा राति नै बाराको न्यूरो अस्पतालमा मृत्यु भएको सर्लाही प्रहरीले जनायको छ । दुर्घटनामा घाइते भएका हरिवन-८ का करिब ४० वर्षीय रामजी बस्नेतको बारा न्युरो अस्पतालमै उपचार भइरहेको सर्लाही प्रहरीले जानकारी दियको छ। बस्नेत स्कुटरको पछाडि सवार थिए।
बस्नेतको अवस्था भने खतरामुक्त रहेको हरिवन प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्याक्टर चालक फरार रहेका छन । दुर्घटना बारे थप अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख किशोर तामाङले बताए ।