रवि लामिछाने सांसदबाट निलम्बित, कार्यबाहक सभापति बने अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ । पूर्व गृहमन्त्री समेत रहेका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दायर भएपछि सोमबार संघीय संसद् सचिवालयले लामिछाने निलम्बित भएको सूचना टाँस गरेको हो ।
आइतबार लामिछानेविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय कास्कीले सहकारी ठगी, संगठित अपराध तथा सम्पत्ति शुद्धीकरणमा मुद्दा दायर गरेको थियो । आइतबारै जिल्ला प्रहरी कार्यालय कास्कीले लामिछानेविरुद्ध मुद्दा दायर भएको पत्र प्रतिनिधिसभाका सभामुखलाई पठाएको थियो ।
लामिछानेविरुद्ध मुद्दा दायर भएसँगै रास्वपाले कार्यबाहक सभापति डोलप्रसाद (डिपी) अर्याललाई तोकेको छ । सभापति लामिछानेले नै कार्यवाहक जिम्मेवारी अर्याललाई दिन चाहेपछि सोमबार बसेको रास्वपा सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
प्रकाशित मिति: सोमबार, पुस ८, २०८१ १९:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय