दोलखा । नेपालको जलविद्युतमा ठुलो योगदान दिइरहेको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको गत असोज ११ गतेदेखि उत्पादन बन्द छ ।
प्रत्येक दिन ४ सय ५६ मेघावाट विद्युत उत्पादन गर्ने क्षमता भएको यस जलविद्युत आयोजनाको उत्पादन बन्द हुँदा नेपालमा लोडसेडिङ्ग गर्नुपर्ने अवस्था सृजना हुने हो कि भन्ने त्रास पनि फैलिएको छ । पहिरोले क्षति पुर्याएपछि बन्द रहेको सो जलविद्युत केन्द्र पुस १० मा पुनः सञ्चालन गर्ने तयारी छ ।
नेपालको जलविद्युतमा ठुलो योगदान दिइरहेको माथिल्लो तामाकोशी जलविद्युत केन्द्रको गत असोज ११ गतेदेखि उत्पादन बन्द हुँदा यसले लोडसेडिङको जोखिम बढाएको छ ।
पहिरोले दोलखा जिल्लाको बिगु गाउँपालिका १ लामा बगरमा रहेकोे माथिल्लो तामाकोशी विद्युत् केन्द्रको बाँध स्थल तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्र्याउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पु¥याउने नहर (कल्भर्ट)मा क्षति भएका कारण बन्द गरिएको थियो ।
विद्युत् केन्द्रको २ वटा बालुवा थिग्र्याउने(डिस्यान्डर) पोखरीको मर्मत अन्तिम चरणमा रहेको छ । जसमध्ये बायाँ तर्फको डिस्यान्डर मर्मत सकिए लगत्तै बाँध स्थलबाट सिधै पानी पठाएर विद्युत् उत्पादनको तयारी थालिएको आयोजनाले जनाएको छ ।
पहिरो गएको स्थलमा ठुलो चट्टानी पहाड भएकोले उक्त हेड बक्स भएको क्षेत्र अहिले पनि अत्यन्तै जोखिम अवस्थामा रहेको हुनाले केमिकल प्रयोग गरि ढुङ्गा लाई कंक्रीटमा परिणत गर्दै उक्त्त स्थानलाई पुर्ण रुपमा सुरक्षीत बनाउन धमाधम कार्य भइरहेको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका प्रमुख कार्यकारी अधिकृत मोहन गौतमले जानकारी दिएका छन ।
यो आयोजनामा पहिरोले मानविय क्षति सहित करिब १ अर्व ८० करोड बराबरको क्षति गरेको अनुमान गरिएको छ । करिब ७० प्रतिशत मर्मत कार्य सकेर पुस ९ गते ड्याम्ममा पानी खसाली १० गते पुनः सुचारु गर्ने आयोजनाको लक्ष्य छ ।
विद्युत प्राधिकरणले हिउँदमा लोड व्यवस्थापन गर्न ब्याकअपको रुपमा अर्धजलाशययुक्त प्रकृति तामाकोशीलाई चलाउँदै आइरहेको थियो । समयमा तामाकोशी सञ्चालन नभए प्राधिकरणलाई हिउँदको लोड व्यवस्थापन गर्न चुनौति थपिएको छ ।
तामाकोशी सञ्चालन नहुँदा भारतबाट ठुलो परिमाणमा विद्युत आयात गर्नुपर्ने वाध्यता रहेको छ । तर अहिलेसम्म आयात गर्न सक्ने अवस्था नभएको नेपाल विद्युत प्राधिकरणको भनाइ छ ।
दैनिक फाइदामा ४ अर्व जति कमी आएको छ, उत्पादित विजुली खुकुलो पनमा कमी आएको अवस्थामा मर्मत पश्चात पूर्ण क्षमतामा तामाकोशी सञ्चालनमा आए नेपाल विद्युत प्राधिकरणलाई पनि सहज हुनेछ ।
नेपालका नदिहरुमा जलविद्युत उत्पादन गर्ने क्षमता अथाह रहेको छ । यसलाई सही सदुपयोग गर्दै तामाकोशी जस्तै नेपालीकै लगानीमा विद्युत आयोजनाहरु निमार्ण गर्न सके विद्युत निर्यात गरेर देश सम्पन्न हुने थियो ।
देशकै गेम चेन्जर परियोजनाको रुपमा रहेको तामाकोशीजस्ता परियोजनाहरुलाई राज्यले पहिलो प्राथमिकतामा राखेर वजेट व्यवस्थापन गर्नसके राम्रो हुने स्थानियको अपेक्षा छ ।