News 24 Television
आईएमस कलेजमा भिजन अलाइनमेन्ट सेसन सम्पन्न 

काठमाडौँ । हालै आईएमस कलेजमा हल्ट प्राइजको भिजन अलाइन्मेन्ट सेसन सम्पन्न भयो।यो कायक्रमको प्रमुख अतिथीका रुपमा हल्ट प्राइजको पूर्व क्याम्पस डाइरेक्टर विकेस अधिकारी, ज्योती विकास बैंकको शाखा निर्देसक सुजन रेग्मी, आईएमस कलेजको  मार्केटिङ डाइरेक्टर सरोज उपाध्याय, आरस्क फुडबाट कृपा तुलाधार थिए। 

यो सेसनको इस्पोनसरको रुपया लाभा लन्ज एण्ड बार, ग्लोबल टेलर , क्रियटिब लिङ प्राइभेट लिमिटेड, जाम पाउरोटी ,डाबर, मिथिला थिङस, आरस्क फुड, र ज्योति विकास बैंक बाट सहयोग गरिएको थियो। 

सत्रको सुरुवातमा ईशा बुद्धाचार्य र श्रेया कपालीद्वारा प्रमुख अथितिहरुलाई न्यानो स्वागत गरियो। सुरुमा ज्योती विकास बैंकका शाखा प्रमुख सुजन रेग्मीले अतिथिको रूपमा धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा आईएमस कलेजमा हल्ट प्राइजलाई  अन क्याम्पस जर्नीमा सहयोग गर्ने बताए। 

यसैगरी पूर्व क्याम्पस डाइरेक्टर विकेस अधिकारीले हल्ट प्राइजको भिजनका बारेमा उल्लेख गरे ।  र, कसरी  युवाहरुले व्यापार व्यवसायबाट समाजमा सकरात्मक  प्रभावका साथै दिगो विकास गर्न सकिन्छ बता।

पहिलाका ग्लोबल स्तरीय विजेता टिमहरु जस्तै रोसनी राइड, इको भाना र नेपालमा नाफामूली रहेका समाजिक व्यवसाय जस्तै खाली सिसी, स्मार्ट कृषिको उदाहरण दिई प्रतिस्पर्धिहरुलाई स्पष्ट पारे ।

साथै  उनले डिजाइन थिन्किङका चरणहरु र आगामी दिनमा प्रतिस्पर्धीले फाइनलमा कसरी आईडिया पिच गर्ने कुरा छोटकरीमा उल्लेख गरे । उनले यो सत्रमा विद्यार्थीलाई प्रस्न गर्दै कार्यमको माहोललाई प्रतिस्पर्धी उन्मुख  गराए । 

यसपछाडी सन्चलाकहरुले  भिजन बोर्ड क्रियाकलाप गराए जहाँ प्रतिस्पधीहरुले आफ्नो भिजन लेखेर बोर्डमा राखेका थिए र उक्त विजेतालाई आगामी आउने सेसनमा पुरुस्कार दिने घोषणा भयो। 

यसैगरी श्रेया तुलाधारले  आर्कस फुडलाई प्रतिनिधित्व गर्दै छोटो मन्तवय सुनाए । कार्यमको अन्तयमा सबै विद्यार्थीबाट सेसनलाई अझै आगामी दिनहरुमा सुधारात्मक बनाउन प्रतिक्रिया लिइयो। यो सत्रले हल्ट प्राइजको बारेमा प्रतिस्पर्धिलाई स्पष्ट बनायो । साथै सबैले हल्ट प्राइजको यात्रामा जोडिने अठोट गरे ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update