
काठमाडौं । गुरुङहरुले महान पर्वको रुपमा मनाउने तमु ल्होसारको अवसर पारेर काठमाडौंमा होटल व्यवसाय गर्दै आएका गुरुङहरुको साझा संस्था तमु होटल व्यवसायी समाजले शुभकामना आदानप्रदान, साधारण सभा र बनोभोज कार्यक्रम गरेको छ ।
काठमाडौं टोखा स्थित भुतखेल चौरमा आयोजना भएको उत्त कार्यक्रममा तमु होटल व्यवसायी समाजका सदस्य सहित विभिन्न क्षेत्रमा योग्दान पु¥याएका व्यक्तिहरुको उपस्थिती थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि गुरुङ घोताने घोन्डे समाजका केन्द्रीय सदस्य विश्व राज गुरुङले नयाँ पुस्तालाई पनि आफ्नो संस्कृतिका बारेमा जानकारी दिनुपर्ने र सिकाउनु पर्ने बताए ।
साधारण सभाको अवसरमा तमु होटल व्यवसायी समाजका संस्थापक राम बहादुर गुरुङ, निवर्तमान अध्यष भोजराज गुरुङ , समाजको उपसमिति महिलाको पूर्व अध्यक्ष मिम कुमारी गुरुङ, वर्तमान अध्यक्ष माया गुरुङर महिदा उपाध्यक्ष कृष्ण्लाई भाग्रां र दोसल्ला ओडाई समाजका अध्यक्ष तमबहादुर गुरुङले सम्मान गरेका थिए ।
समाजका अध्यक्ष तमबहादुर गुरुङको अध्यक्षता , गुरुङ घोताने घोन्डे समाजका केन्द्रीय सदस्य विश्वराज गुरुङको प्रमुख आतित्यथा, उपाध्यक्ष दुर्ग बहादुर गुरुङको स्वागत र सचिव पदम बहादुर गुरुङको सञ्चालनमा सम्पन्न भएको कार्यक्रममा समाजका सल्लाहाकार हरि गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा समाजका सदस्य थगिमाया गुरुङले सांस्कृतिक प्रस्तुततिको सम्योजन गर्नुभएको थियो भने, सहकोषाध्यक्ष श्रीमान गुरुङ र सदस्य छ्योमान गुरुङले अतिथि स्वागतलाई स्वागत गरेका थिए ।
साधारण सभाबाट समाजका कोषाध्यक्ष हरिमान घले गुरुङले पेश गरेको आर्थिक प्रतिवेदन सहित समाजको सांगठनिक र प्रगति प्रतिवेदन सर्वसहमतिले पारित भएको समितिका अध्यक्ष तमबहादुर गुरुङले जानाकारी दिए ।