काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेृत्वको सरकार कहिलेसम्म जाला ? यी जिज्ञासाहरु जताततै छन् । तर, सरकारले भने काम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र सुशासन कायम गराउँदै पुरा अवधि गठबन्धनलाई लैजाने जिकिर गरिरहेको छ । यद्दपी, किन सरकारमाथि विश्वास सिर्जना हुन सकेन त ?
केपी ओलीले सरकारको नेतृत्व गरेदेखि नै भन्दै आएको विषय हो, मेरो कार्यकाल सकिएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण समयमै गर्छु ।
ओलीले यस्तो भनिरहँदा धेरैले सत्ता गठबनधनको सहकार्य लामो समय नजाने भनिरहेका छन् । तर, किन दुई तिहाईको सरकारका प्रधानमन्त्री केपी ओलीले यस्तो जिकिर गर्ने स्थिति बन्यो ? प्रश्नहरु चौतर्फी देखिन्छन् । तर, प्रधानमन्त्री केपी ओली तालि बनाउन नभई काम गर्न आएको जिकिर गरिरहेका छन् ।
ओलीले यस्तो दाबी गर्दै गर्दा कांग्रेस नेताहरुले सरकारको कामप्रति चित्त बुझाउन सकेका छैनन् । सरकार गठनको उद्देश्यअनुसारको काम नभएको भन्दै कांग्रेस महामन्त्री गगन थापाले सार्वजनिक अभिव्यक्ति नै दिएका छन् ।
सरकारको कामप्रति प्रश्न उठिरहेको बेला नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई भने सरकार बन्ने र भत्किने काम भ्रष्टाचार लुकाउनका लागि भएको आरोप लगाउनेमा देखिन्छन् ।
यसरी सरकारबारे अनेक विषय चल्दै गर्दा प्रधानमन्त्री ओलीमाथि गम्भिर आरोप लगाएपछि पक्राउ परेका विवादीत व्यापारी दुर्गा प्रसाईलाई सर्वोच्चले रिहा गरेपछि उनले आफ्नो लडाई जरी रहेको भन्दै सरकारमाथि फेरि धावा बोल्ने संकेत गरेका छन् ।
प्रधानमन्त्रीदेखि नेताहरुमाथि बर्सिने र सामाजिक सञ्जालमा भ्रम फैलाउने गरेको आरोप उनीमाथि लाग्दै आएको छ । तर, पछिल्लो समय यस्ता क्रियाकलाप बढ्नुले अराजकता फैलिने चिन्ता समेत बढ्न थालेको छ । तर, सरकार भने आफ्नै गतिमा काम गर्ने जिकिरमै रमाएको देखिन्छ ।
प्रचण्ड–देउवाको मञ्च सेयर
प्रतिपक्षी दलको नेता प्रचण्ड र सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कीर्तिपुरमा जारी एनपीएलको उपाधि भिडन्त हेर्दै पुरस्कार वितरण गर्नका लागि मञ्च सेयर गरेका छन् ।
ओली देउवाले मञ्च सेयर गरेपनि यसको राजनीतिक अर्थ भने खास प्रभावकारी होला ? भन्नेमा प्रश्न र शंका भने छ । तर, ओली सरकारमाथि कांग्रेसभित्रैबाट दन्किन थालेको आगो र ओलीप्रति सफ्ट कर्नर राख्दै आएका देउवाले प्रधानमन्त्री बन्ने सर्तमा सत्ता गठबन्धनमाथि प्रहार गर्लान ?
यस्तो शंका पनि नेपालको राजनीतिमा नहुने विषय भने देखिन्न । तर, तत्कालका लागि उनीहरुले गरेको मञ्च सेयर खेलका लागि मात्रै हो वा अन्य ? यो चासो बढिरहेको छ । यद्यपी प्रधानमन्त्री केपी ओलीले भने कीर्तिपुर मैदानको स्तरोन्नतिदेखि विदेशी खेलाडीलाई बालुवाटारमा सम्मान गर्ने तर, उपाधि भिडन्तमा सहभागी नहुनुले संसय बने उब्जाएको छ ।