News 24 Television
गोकर्णेश्वर नगरले ग¥यो स्रष्टा सम्मान, को सर्जकको विचार के ? 

काठमाडौं । नेपालको साहित्य क्षेत्रको धरातल आफैमा निकै गहिरो छ । तर, यो जुन गहिराईबाट बगिरहेको छ, त्यस अनुसारको रफ्तारमा रहेको भने छैन । 

राज्यले साहित्य जगतबाटै नेपाललाई विश्वसामु चिनाउन सक्ने अवसरलाई वेवास्त गरिरहेको गुनासो आइनै रहेको छन् । नेपाल साहित्यको उर्वर भूमि भएपनि यसको संरक्षणमा राज्य चुकेकाले तीनै तहका सरकार साहित्य र स्रष्टा संरक्षणमा लाग्नु पर्ने आवश्यकता औल्याइएको छ । यद्दपी, केही स्थानीय तहले भने साहित्यको महत्व अनुरुप संरक्षण एवम् प्रवद्र्धनका लागि गतिविधि अघि बढाइरहेका छन् । 

नेपाल साहित्यको उर्वर भूमि मानिन्छ । तर, के सरकारको नजरमा साहित्य पर्न सक्यो त ? यो सोचनीय विषय हो । साहित्यबाटै विश्वसामु नेपाललाई चिनाउन सक्ने ल्याकत यहाँका श्रष्टाले राख्छन्, तर उनीहरुको प्रत्साह वा भनौं उनीहरुलाई साहित्यबाटै जीवन यापनको सुनिश्चितता राज्यले दिएको छ त ? पक्कै पनि छैन । तीनै तहका सरकारको प्राथमिकतामा साहित्य क्षेत्र अझै पर्न नसकेको गुनासो स्रष्टाहरुको छ । 

शनिवार वरिष्ठ साहित्यकार रमेशविकलको स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा विभिन्न क्षेत्रका बक्ताहरुले साहित्यकार तथा श्रष्टाहरुको सम्मान तथा संरक्षण गर्न स्थानीय तहको महत्वपूर्ण भूमिका हुने बिचार ब्यक्त गरे हुन् । 

रमेश विकल साहित्यिक प्रतिष्ठान तथा गोकर्णेश्वर नगरपालिकाको आयोजनामा साहित्यकारलाई सम्मानको कार्यक्रम आयोजना गरिएको   थियो । 

कार्यक्रममा बिभिन्न क्षेत्रका ब्यक्तिहरुले नेपाली भाषा साहित्यको माध्यमबाट समाज रुपान्तरण गर्न योगदान गरेका श्रष्टा तथा साहित्यकारहरुको सम्मान गरिएको थियो । यस कार्यक्रममा सहभागी साहित्यिक मनहरुले सरकारले आफ्नो जिम्मेवारी बोध गर्नुपर्नेमा जोड दिएका हुन् । 

कार्यक्रममा अर्थ समितिका सभापति समेत रहेका काठमाडौ निर्वाचन क्षेत्र नम्बर ३ का सांसद सन्तोष चालिसेले समाज विकासमा योगदान गरेका हरेक ब्यक्ति तथा संस्था राज्यबाट सम्मानित हुनु पर्ने धारणा राखे । आफुले स्रष्टाको प्रवद्र्धनका लागि पहल गर्ने प्रतिबद्धता समेत उनले जनाएका छन् ।

गोकर्णेश्वर नगरपालिकाले आफनो क्षेत्रमा भाषा साहित्यमा राष्ट्रिय तथा स्थानीय तहमा योगदान गरेका श्रष्टाहरुको उचित सम्मान तथा संरक्षण गरिरहेको छ ।

रमेश विकलको अविरल बग्दछ इन्द्रावतिको अनुवाद अमेरिकी सिनेट मार्फत भएको हुदाँ कृतिहरुलाई अन्तराष्ट्रिय जगतमा परिचित गराउने काम भइरहेको प्रतिष्ठानका सदस्य महेन्द्र चालिसेले बताए । 

कार्यक्रममा रमेश विकल वाङमय पुरस्कारबाट नृत्यशास्त्री भैरव बहादुर थापा, रमेश विकल सिर्जना पुुरस्कारबाट समालोचक युवराज मैनाली, बाल साहित्यकार अमर कुमार प्रधान, रमेश विकल शुशिला संघर्षशील नारी पुरस्कारबाट चिनिमाया माझी, कला संगित पुरस्कारबाट कलाकार रामकृष्ण दुवाल, त्यसैगरी समाजसेवा पुरस्कारबाट मासिक एक सय रुपैयाँ अभियान संस्था र अनाथ बालबालिका संरक्षण अभियान लगायतका संस्थाहरुलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । 

रमेश विकाल साहित्यिक प्रतिष्ठानले बिकलको बिषयमा खोज अनुसन्धान गरिरहेको र बिकल प्रतिष्ठानबाट बिभिन्न क्षेत्रका ब्यक्ति तथा संस्थाको योगदानको बिषयमा अध्ययन भइरहेको प्रतिष्ठानका महासचिव बिजय चालिसेले जानकारी दिए । 

समाजको बिभिन्न कालखण्डमा बिभिन्न तहमा रहेर योगदान गरेका भाषा साहित्य तथा कला संस्कृतिका सर्जक तथा कवि साहित्यकारको अवस्थालाई तीनै तहको सरकारले गम्भीरतापूर्वक ध्यान दिन सकेमा सर्जकहरुको भूमिका अझ बढी प्रभावकारी बन्न सक्ने देखिन्छ । 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ०८:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update