News 24 Television
पोखरा र भैरहवा विमानस्थल चलाउन भारतसँग सहयोग खोज्दै परराष्ट्रमन्त्री राणा

काठमाडौं । भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री आरजु राणाले भारतसँग पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा सहयोगको आग्रह गरेकी छिन् ।

यी दुई विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि नेपालको आर्थिक, पर्यटकीय, र सामाजिक क्षेत्रमा गहिरो प्रभाव पर्ने अपेक्षा गरिएको छ । 

पोखरा र भैरहवा अन्तराष्ट्रिय विमानस्थलले पर्यटन क्षेत्रमा ठूलो योगदान पु¥याउनेछन् । पोखरा पर्यटकहरूको प्रमुख गन्तव्य हो, जहाँ वार्षिक लाखौं विदेशी पर्यटक आउँछन् । 

विमानस्थल सञ्चालनले सीधा अन्तर्राष्ट्रिय उडानहरूको सम्भावना बढाउँछ, जसले पर्यटक आगमनलाई सहज बनाउँछ । यसले होटल, रेस्टुरेन्ट, र अन्य पर्यटन सम्बन्धी व्यवसायहरूमा उल्लेखनीय वृद्धि गर्नेछ । 

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तराष्ट्रिय उडानहरु नियमित भए बुद्ध जन्मस्थल लुम्बिनी बौद्ध धर्मावलम्बीहरूको लागि धार्मिक पर्यटनको प्रमुख केन्द्र बन्न सक्छ । 

विमानस्थलले लुम्बिनीलाई विश्वभरका बौद्ध धर्मावलम्बीहरूसँग जोड्न ठूलो भूमिका खेल्न सक्छ । यी विमानस्थलहरू नियमित सञ्चालन भए व्यापारिक गतिविधिहरूमा पनि तिव्रता आउन सक्छ । 

नेपालका उत्पादित सामग्रीको निर्यात र आयात सहज हुनेछ, जसले रोजगारीका अवसरहरू सिर्जना गर्न सक्छ । त्यस्तै दुबै विमानस्थलले नेपाललाई एक अन्तर्राष्ट्रिय हबका रूपमा विकास गर्न मद्दत सक्छ । 

यी दुई विमानस्थल पूर्णरूपमा सञ्चालनमा आएपछि नेपालको समग्र आर्थिक वृद्धि र सामाजिक रूपान्तरणमा महत्वपूर्ण प्रभाव पर्ने निश्चित छ । 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update