काठमाडौं महानगरद्वारा प्रमख प्रशासकीय अधिकृत गुरागाईंलाई कारबाही सिफारिस
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले प्रमख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कारबाहीका लागि सिफरिस गरेको छ ।
महानगरले शुक्रवार आकस्मिक पत्रकार सम्मेलन गर्दै काठमाडौं टावरको १२ तल्लाको नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा गुरागाईंले प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको पाइएपछि कारबारहीको सिफरिस गरेको जनाएको छ ।
पत्रकार सम्मेलनमा महानगरका प्रवक्ता नविन माननन्धरले महानगरको मापदण्डविपरित नक्शा पास कागजागतको अनुमति पत्रमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृति गरेको देखिएकोले आवश्यक छानबिन गरी कारबाही गर्न सिफारिसस गरेको जानकारी दिए।
उनले अहिलेसम्म प्रसाशकीय अधिकृतलाई हटाउने कुनै पनि निर्णय नभएको पनि स्पष्ट पारे ।
प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१ १८:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय