काठमाडौं । आर्थिक मन्दीको मारमा मुलुकका सबै क्षेत्रजस्तै बैंक तथा वित्तिय क्षेत्र पनि नराम्रोसँग प्रभावित भएको छ । अर्थतन्त्र सहज नहुँदा अहिले लगानीकर्ताहरुको आमविश्वास गुमेको छ भने नयाँ व्यापार व्यवसाय गर्न समेत अधिकांसले हिम्मत गर्न सकिरहेका छैनन् । यसरी बजार चलायमान नहुँदा बैक तथा बित्तीय क्षेत्रको तरलता समेत व्यवस्थापन हुन सकेको छैन ।
नेपाल बैकर्स एसोसिएसनले बिहिवार गरेको कार्यक्रममा बैकर्सहरुले अर्थतन्त्र चलायमान हुन नसक्दा बैकिङ क्षेत्रको तरलता ब्यवस्थापन हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन् ।
बैक तथा वित्तीय क्षेत्रको खराव कर्जाको दर बढ्दो अवस्थामा रहेको बताउँदै बैकर्सहरुले अर्थतन्त्र चलायमान बनाउन सरकार जिम्मेवार हुनु पर्ने बताए ।
नेपाल बैकर्स संघका निर्वतमान अध्यक्ष सुनिल केसीले चुनौतीपूर्ण अवस्थामा रहेको बैकिङ प्रणालीलाई सुरक्षित राख्न सबै पक्ष जिम्मेवार हुनु पर्ने बताए ।
बैक तथा बित्तीय संस्थाको खराव कर्जा बढ्दा बैकको कालो सूचीमा पर्ने ऋणीहरुको संख्या पनि बढेको हुदाँ बैकिङ क्षेत्रमा चुनौती थपिएको बैकर्सहरुको भनाई छ ।
बंैकर्स एसोसियसनका नवनिर्वाचित अध्यक्ष सन्तोष कोईरालाले पनि नेपालका बैंकहरु चुनौतिपूर्ण अवस्थामा रहेको बताए । बैंकहरुमा रिकभरी, खराब कर्जा व्यवस्थापन, लाभांशका समस्याहरु अध्यक्ष कोइरालाको भनाई छ ।
नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रलाई चलायमान बनाउन बैकिङ क्षेत्रले निर्वाह गरेको भूमिकालाई राष्ट्र बैकले आत्मसाथ गरेको उल्लेख गर्दै अहिलेको कठिन अवस्थामा ऋणको साँवा ब्याज उठ्न नसकेको कठिन अवस्थाका कारण पनि बैकिङ प्रणाली दवावमा परेका जिकिर गरे ।
निर्माण ब्यवसायीले भुक्तानी प्राप्त गर्न नसक्दा बैकहरु पनि अप्ठ्यारोमा पर्न सक्ने अवस्था रहेको उल्लेख गर्दै बैकर्सहरुले निर्माण कार्यको भुक्तानीमा जोड दिएका छन् ।
बंंैकमा थुप्रियो ७ खर्ब बढि रकम
कर्जाको ब्याजदर एकल बिन्दुमा झरेपनि बैंकहरुमा कर्जाको माग बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको कात्तिकसम्मको तथ्यांक अनुसार कर्जाको औषत ब्याजदर ९.०७ प्रतिशतमा झरेको छ ।
पछिल्लो समय बैंकहरुमा अधिक तरलता थुप्रिएको छ भने ब्याजदर पनि निरन्तर रुपमा घट्दो अवस्थामा छ । ब्याजदर जति घटेपनि अर्थतन्त्र चलायमान नहुँदा कर्जाको माग भने बढेको छैन् ।
चालु आर्थिक वर्षको ५ महिनामा २ खर्ब पनि कर्जा लगानी हुन सकेको छैन । अहिले बैंकहरुमा ७ खर्ब बढीको लगानीयोग्य रकम छ । तर बजारमा कर्जाको माग छैन । त्यसैले बैंकहरुलाई यति बेला खराकर्जा र अधिक तरलता दुवै व्यवस्थापन गर्न चुनौति देखिएको छ ।
बैंकहरुमा थुप्रिएर बसेको ७ खर्ब व्यवस्थापन गर्न नसके बैंकहरुमा समस्या आउनसक्ने तर्फपनि बैंकर्सहरुले सचेत गराएका छन् ।