News 24 Television
निकुञ्जको निर्णयमा स्थानीयको साथ, पर्यटन ब्यसायी रुष्ट 

काठमाडौं । सगरमाथा राष्ट्रिय निकुञ्जभित्र उद्धारबाहेकका काममा ४ हजार मिटर भन्दा माथि व्यावसायिक हेलिकप्टर उडानमा जान रोक लगाउने निर्णय गरेसँगै नेपाली पर्यटनमा त्यसले प्रत्यक्ष असर गर्ने भन्दै त्यसको चौतर्फी आलोचना भएको छ । 

हेलिकप्टर उडानले बन्यजन्तु र वातावरणमा दुवैमा असर गरेकाले जथाभावि भइरहेको हेलिकप्टर उडानलाई रोक्न उक्त निर्णय गरिएको निकुञ्जले जनाए पनि त्यसले राज्यलाई नै करोडौं घाटा हुने र पर्यटन व्यवसाय धाराशायी बन्ने बताइएको छ । 

सन् २०२५ जनावरीदेखि सगरमाथामा ४ हजार मिटर भन्दा माथिको भागमा उद्दार बाहेकका कार्यमा हेलिकप्टर उडानमा सगरमाथा राष्ट्रिय निकुञ्जले प्रतिवन्ध लगाउने निर्णय गरेपछि त्यसले पर्यटन क्षेत्रमा प्रत्यक्ष असर गर्ने भन्दै पर्यटन व्यवसायीहरुले विरोध गरेका छन् । 

भर्खरै वामे सर्दै गरेको पर्यटन क्षेत्र र लगानीकर्तालाई नै निरुत्साहित बनाउने गरि यस्तो निर्णय गरिएको व्यवसायीहरुको गुनासो छ । 

सगरमाथा हिमाल आरोहण गर्न आउनेहरुको सामानदेखि सबै कुरा भौगोलिक वनावटका कारण अहिले नै बेस क्याम्पमा पु¥याउन हेलिकप्टर बाहेकको प्रयोगमा सम्भव नभएको व्यवसायीहरु बताउँछन् । 

छोटो समयमा सगरमाथा आधार शिविरसम्म पुग्ने गरी आउने पर्यटकहरुले सगरमाथा हेर्न नै नपाउने भएकाले व्यवसायी र राज्यलाई नै घाटा पुग्ने ब्यवसायीहरुको गुनासो छ । 

व्यवसायीहरुले पर्यटन व्यवसायीलाई नै धारासायी बनाउने गरि निर्णय गरिएको बताई रहदाँ निकुञ्जले भने बन्यजन्तुलाई प्रत्यक्ष रुपमा असर गराउने गरि जथाभावि रुपमा हेलिकप्टर प्रयोग गरिदै आएकाले त्यसलाई रोक्नु परेको जनाएको छ ।

सगरमाथा राष्ट्रिय निकुञ्जको प्रमुख समेत रहेकी सुष्मा रानाले हेलिकप्टरका कारण ध्वनी प्रदुषण बढेको र मानव वस्तीमा बन्यजन्तु पस्न थालेपछि त्यसले बन्यजन्तु र मानिस दुवैमा क्षती पुगेको भन्दै वातावणीय हिसाबले समेत हेलिकप्टर प्रतिवन्ध लगाउनु परेको बताउँछिन् । 

विश्वका अन्य मुलुकमा पनि राष्ट्रिय निकुञ्ज रहेको र त्यहाँ पनि हेलिकप्टर प्रयोग हुदाँ त्यसले असर नगर्ने तर नेपालमा मात्रै असर गर्ने भन्ने कुरा गर्नु जायज नभएको पर्यटन ब्यवसायीहरुको तर्क छ । 

नेपालमा ११ कमपनीका ३२ हेलिकप्टर छन् । यी हेलिमार्फत सगरमाथा क्षेत्रमा मात्रै सिजनका बेला राज्यले दैनिक ५० लाख सम्म राजस्व संकलन गर्ने गरेको छ । 

निकुञ्जले निर्णयमा भने स्थानीय तह पनि सहमत छ । पर्यटकहरु पदयात्रा भन्दा हेलिमार्फत आधार शिविरमा पुग्न जान थालेपछि स्थानीयको विरोधको कारण खुम्बु पासाङल्हामु गाउँपालिकाले निकुञ्जको निर्णयमा साथ दिएको हो । 

सगरमाथा आरोहणका लागि पदयात्राबाट बेसक्याम्प पुग्न करीब एक हप्ता लाग्छ भने भौगोलिक बनावटका कारण पदयात्रा सुरक्षित नभएको ब्यवसायीहरुको तर्क छ । तर स्थानीय भने यो कुरामा सहमत देखिदैनन् । तर यस्तो निर्णयले छोटो समयका लागि आउने पर्यटकहरु भने नेपालतर्फ भन्दा चीनतर्फ जाने सक्ने सम्भावना बढी देखिन्छ । 

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  ०८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update