काठमाडौं । स्वस्थ्य जीवनका लागि शरीरिक तथा मानसिक स्वास्थ्य अपरिहार्य छ । तर, पछिल्लो समय व्यस्त जीवन शैलीसँगै उत्पन्न विभिन्न समस्याले मानसिक स्वास्थ्यमा प्रभाव पर्ने गरेको छ ।
मानसिक रुपमा स्वस्थ रहन ध्यान महत्वपूर्ण भए पनि यसलाई पूर्ण अपनाउँन नसक्दा मानसिक समस्या एक जटिल समस्याका रुपमा बढ्दै गएको छ । त्यसो भए मानसिक स्वास्थ्यलाई राम्रो बनाउन के गर्ने त ?
ध्यानको अभ्यास मानसिक स्वास्थ्यका लागि सबैभन्दा उत्तम उपचारका रुपमा बुझिन्छ । ध्यान हजारौँ वर्ष देखि नै प्रयोगमा आएको संस्कृतविदहरु बताउँछन् । तर, ध्यान अभ्यासलाई वैज्ञानिक रुपमा उपयोगमा भने केहि दशक अघिबाट मात्रै ल्याइएको देखिन्छ ।
यसको महत्वका बारेमा अध्ययन अनुसन्धान भने पछिल्ला वर्षहरुमा तीव्र बनाइएको छ । जर्मनीको टेक्निकल युनिभर्सिटी अफ म्युनिख र अमेरिकाको म्यासाचुसेट्स जनरलका अनुसन्धानकर्ताहरुले ध्यानले मस्तिष्कको स्मरण शक्तिलाई बलियो बनाउन मदत पुग्ने निष्कर्ष निकालेका थिए ।
ग्रन्थका ऋषि कपिलमुनि, ऋषि पतञ्जली र भगवान् गौतमबुद्धले पनि योग–ध्यान र व्यायाम नै मानव जीवनको महत्वपूर्ण कार्यभएको पुष्टि पनि गरिसकेका छन् । ध्यानले मन केन्द्रित गर्न तथा जीवनमा आउँने तनावलाई समेत व्यवस्थापन गर्न मदत गर्ने ध्यान प्रशिक्षकहरु बताउँछन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक केलाउँदा पनि पछिल्लो समय मानसिक रोगका रोगीको संख्या बढ्दो छ । डब्लुएचओका अनुसार ८ जना मध्ये एक जनामा मानसिक समस्या देखिने गरेको छ ।
नेपालमा पनि मानसिक समस्याबाट सबै उमेर समूह प्रभावित बन्ने गरेका छन् । अझै यो समस्या कोरोना महामारी पछि विश्वमानै बढेको विभिन्न अध्ययनहरुले समेत देखिएको छ । तर यसका लागि एकाग्र भएर ध्यान गर्दा श्वासप्रश्वासको माध्यमबाट शारीरिक तथा मानसिक क्षमतालाई नियन्त्रण गर्न सकिने ध्यान अभ्यासकर्ताहरु बताउँछन् ।
ध्यानले एकाग्रहता बढाउने, सकारात्क सोचलाई उत्पन्न गराउन्ने, शरीमा नयाँ उर्जा थप गर्ने काम गर्दछ ।
ध्यान अभ्यासकर्ताहरु पनि ध्यान अभ्यास गर्नु अघि र ध्यान अभ्यासलाई दैनिकी बनाए छुट्टै उर्जा तथा सकारात्क सोच बढेर आएको अनुभव सुनाउन्छन् ।
पूर्वीय दर्शका रुपमा रहेको ध्यान तथा योगको महत्वलाई बुझेर नै पछिल्लो समय पश्चिमा मुलकहरुले समेत ध्यान तथा योग अभ्यास अपनाउँन थालेको छन् । साथै संयुक्त राष्ट्रसंघको महासभा सर्वसम्मतिले अंग्रेजी महिनाको २१ डिसेम्बरलाई विश्व ध्यान दिवसको रूपमा मनाईन थालिएको छ ।
त्यसैले ध्यान अभ्यासलाई हामीले दैनिक जिवनमा आत्मसाथ गदै जाने हो भने यसले शरीर तथा मष्तिस्कमा सकारात्क उर्जा थप गरी जीवनलाई सहज बनाउँन मदत गर्छ नै साथै जीवनमा आइपर्ने विभिन्न किसिमका तनावलाई समेत व्यवस्थापन गर्न सहजता प्रदान गर्ने भएकाले ध्यानलाई जीवनको हिस्साका रुपमा लैजान आवश्यक भएको जानकारहरु औलाउँछन् ।
साथै नेपाल सहित विश्वमा नै बढ्दो मानसिक समस्यालाई समेत कम गर्न ध्यानले मदत गर्ने भएकाले ध्यान अभ्यासलाई विद्यालय स्तरबाट नै लैजान आवश्यक भएको समेत विज्ञहरुले औल्याएका छन् ।