काठमाडाैँ । कर्णाली याक्सले बुधवार चितवन राइनोजलाई हराउँदै नेपाल प्रिमियर लिग (एनपिएल) को दोस्रो क्वालिफायरमा स्थान बनाएको छ ।
तीन ब्याटरको उत्कष्ट प्रदर्शनमा कर्णालीले चितवनमाथि २१ रनको जित निकाल्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । त्रिवि क्रिकेट मैदानमा १७६ रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५४ रन मात्र जोड्न सफल भयो । लिगमा पनि कर्णालीले चितवनलाई हराएको थियो । प्लेअफमा पनि कर्णालीले आफ्नो विजययात्रा जारी राख्यो । चुनौतिपूर्ण लक्ष्य पछ्याएको कर्णालीको सुरुआत राम्रो शुरुवात हुन सकेन । ओपनर हसन इसाखिल १ रनमा नै आउट भए । अर्का ओपनर विपिन रावल पनि १८ रनमै पेभेलियन फर्किए ।
अनुभवी बलर सोमपाल कामीले दुवै ओपनरलाई आउट गरेका हुन् । लुक बेन्केनस्टेइन पनि १६ रनमा नै पभेलियन फर्किए । चितवनले पावर प्लेमा ४७ रन जोड्यो तीन विकेट गुमायो । त्यसपछि अनुभवी अलराउण्डर रवि बोपाराले इनिङ समाले । कप्तान कुशल मल्लसँग उनले चौथो विकेटका लागि ३६ रनको साझेदारी गरे । तर युवा स्पिनर विपिन शर्माले कुशललाई २१ रनमा बोल्ड गर्दै साझेदारी तोडे । यससँगै १०.५ ओभरमा चितवन ८३÷४ को स्थितिमा पुग्यो । त्यसपछि कुनैपनि ब्याटरले रविलाई साथ दिन सकेनन् ।
सन्तोष कार्की ८, सोहेल तनभिर ४ र अमर रौटेला ९ रनमै पभेलियन फकिए । १५ बलमा सन्तोषले कुनैपनि बाउन्ड्री प्रहार गर्न सकेनन् । विशाल लक्ष्य पछ्याएको चितवनमाथि दबाब प¥यो । १८.५ ओभरमा रवि ५३ रनमा बाउन्ड्री लाइनमा क्याच हुन पुगे । यससँगै कर्णालीले खेलमा पूर्ण दबाब बनायो । नन्दन यादवले रविलाई गुलसन झाद्वारा क्याच गराएका हुन् । रविले ३४ बलमा तीन चौका र चार छक्का हिर्काए । शरद भेषावकरले १० रनमा अविजित रहँदा रिजन ढकाल ७ रनमा रनआउट भए । कर्णालीको बलिङमा जिसान मक्सुदले तीन तथा कप्तान सोमपाल र नन्दन यावदले समान दुई विकेट लिए ।
विपिनको नाममा एक विकेट रह्यो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले पूरै ओभरमा ६ विकेट गुमाउँदै १७५ रनको योगफल बनायो । तीन ब्याटर चम्किँदा कर्णालीले राम्रो योगफल बनाउन सफल भएको हो । ओपनर तथा डेब्युटेन्ट जयकिसन कोल्सावाल र विलियम बोसिस्टोले अर्धशतक बनाउँदा विकेटकिपर चाडविक वाल्टनले अक्रामक ब्याटिङ गर्दै कर्णालीलाई राम्रो स्थितिमा पु¥याएका हुन् । दोस्रो ओभरमै ओपनर रित गौतमलाई शुन्यमा नै आउट हुँदा कर्णालीको शुरुवात राम्रो हुन सकेन । तर डेब्यु गरेका कोल्सावालाले इनिङ समाले । उनले दोस्रो विकेटका लागि जिसानसँग २९ रनको साझेदारी गरे ।
शरद्ले जिसानलाई १४ रनमा आउट गरे । उनले १२ बलमा समान एक चौका र छक्का प्रहार गरे । पावर प्लेमा कर्णालीले दुई विकेट गुमाउँदा ४९ रन जोड्यो । तेस्रो विकेटका लागि कोल्सावाला र विलियमबीच ५९ रनको साझेदारी बन्यो । १३ औं ओभरमा कोल्सावा ५३ रनमा आउट भए । उनलाई सोहेल तनभिरले बोल्ड गरेका हुन् । ३९ बलमा कोल्सावालाले ६ चौका र दुई छक्का हिर्काए । लगत्तै १४औं ओभरमा कुशल मल्लले गुलसनलाई शून्यमा बोल्ड गरे । त्यसपछि विलियम र वाल्टनबीच पाँचौं विकेटका लागि ६१ रनको साझेदारी भयो ।
१९ औं ओभरमा विलियम ५२ रनमा तनभिरद्वारा बोल्ड भए । उनले ३९ बलमा तीन चौका र दुई चौका हिर्काए । वाल्टनले २३ बलमा ४६ रन जोड्दा चार चौका र तीन छक्का प्रहार गरे । चितवनको बलिङमा सोहेलले दुई तथा शरद, रवि र कुशलले समान एक विकेट लिए । अमरले तीन ओभरमा १७ रन खर्चिए पनि विकेट लिन सकेनन् ।