News 24 Television
सरकारी गाडीमा कर्मचारी र ठेकेदारको रजाइँ 

सर्लाही । सागरनाथ वन विकास परियोजनाको सवारी साधन सार्वजनिक विदाको दिन पनि प्रयोग गरी दुरुपयोग गरेको पाइएको छ ।

शनिबार र आइतबार सरकारी गाडी दुरुपयोग भएको भेटिएको हो । सागरनाथ वन विकास परियोजनाको सरकारी सवारी साधन मंसिर २९ र ३० गते सार्वजनिक बिदाको दिन सर्लाही र महोत्तरीमा प्रयोग भयको भेटिएको हो ।

२९ गते शनिबार सार्वजनिक बिदाको दिन निमीत्त कार्यालय प्रमूख रेन्जर विद्यासागर कर्ण, जीबन पौडेल, सूरेन्द्र जोशी, अम्बर बाहादूर चन्द , लगायतका कर्मचारीहरु  लक्ष्मूनियामा रहेको  लक्ष्मूनिया रेन्ज यूनिटमा रात्री कालीन भोजमा सरिक हून बा १ झ ७२०३ सवारी साधनमा गएका थिए । भने ३० गते आइतबार उधौली पर्वको सार्वजनिक बिदाको थियो  । सो दिन सागरनाथ बन बिकास परियोजनाको सवारी साधन जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीले बर्दिवास जाने क्रममा ट्राफिक चेकिङ्गमा भेटाएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालय महोत्तरीका ट्राफिक प्रहरी प्रमूख लक्ष्मीराज जोसीले करिब १ घन्टापछि चेतावनीसहित छोडिदिएको बताएका छन् । 

स्रोतका अनुसार सो क्षेत्रका स्थानीय ठेकेदारले रात्री भोज खूवाएकाले उक्त भोजका लागि कर्मचारीहरु निमीत्त कार्यालय प्रमूख रेन्जर विद्यासागर कर्ण, जीवन पौडेल, सुरेन्द्र जोसी, अम्बर बाहादुर चन्द , यूवराज कार्कीलगायत अन्य कर्मचारीहरु सरकारी सवारी लिएर त्यहाँ गएका थिए । 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १२:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update