News 24 Television
एसीसी यू–१९ महिला एसिया कपमा नेपाल समूह विजेता बन्दै सुपर ४ मा

काठमाडौं । मलेसियामा जारी एसीसी यू–१९ महिला एसिया कपमा नेपाल समूह विजेता बन्दै सुपर ४ मा पुगेको छ । मंगलबार भारतसँगको खेल वर्षाको कारण प्रभावित भई अंक बाँडिएपछि नेपाल समूह विजता बन्दै सुपर ४ मा पुगेको हो । 

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले  निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ९४ रन बनाएको थियो । भारतले मात्र ९५ रनको झिनो लक्ष्य पछ्याउने क्रममा भारी वर्षा भएपछि खेल रद्द भएको हो । 

खेल रद्द भएपछि नेपाल र भारतले एक एक अंक बाँडेका हुन् । पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेर सुपर ४ मा स्थान पक्का गरिसकेको नेपाललाई वर्षाका कारण खेल रद्द भएसँगै समूह विजेता बन्ने मौका मिलेको हो । सोमवार भएको खेलमा पाकिस्तानलाई नेपालले ६ विकेटले पराजित गरेको थियो । 

पाकिस्तानलाई हराएर यसअघि नै यसअघि नै सुपर ४ मा स्थान पक्का गरेको भारत समूह उपविजेता बनेको छ । उद्घाटन खेलमा भारतले पाकिस्तानलाई नौ विकेटले हराएको थियो । 

पाकिस्तान भने लगातार दुई खेल हारेर बाहिरिएको हो ।  एशियाका छ टोलीको सहभागिता रहेको प्रतियोगिताको समूह ‘ए’ मा बङ्गलादेश, मलेसिया र श्रीलङ्का छन् ।  

समूह ‘बी’ मा भारत, पाकिस्तान र नेपाल छन् । सिङ्गल राउन्ड रोविनका आधारमा खेलिने सुपर फोरका शीर्ष दुई टोलीबीच फाइनल खेल हुने छ । 

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  ०८:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update