News 24 Television
चेम्बर र युएनडिपीबीच समझदारीपत्रमा हस्ताक्षर

काठमाडाैँ । नेपाल चेम्बर अफ कमर्स र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । सोमवार चेम्बर अफ कमर्स र (युएनडिपी) बीच दिगो आर्थिक विकास र प्रकोप न्युनिकरणका लागि सहकार्यको सम्झौता भएको हो ।

नेपाल चेम्बर अफ कमर्श र युएनडीपीबीच दिगो विकास एवं निजी क्षेत्रको क्षमता अभिवृद्धिका लागि सहकार्यको सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा चेम्बर अध्यक्ष कमलेशकुमार अग्रवाल र युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि जुलिएन चेभिलार्डले हस्ताक्षर गरे ।

निजी क्षेत्रको क्षमता अभिवृद्धि, जलवायु परिवर्तन अनुकुलन, विपद व्यवस्थापन एंव युनडिपीले तय गरेका विकास लक्ष्य पूरा गर्न सहकार्य गर्नेगरी हस्ताक्षर भएको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष अग्रवालले बताए । उनले प्राकृतिक प्रकोपजन्य अवस्थामा समुदायको क्षमता अभिवृद्धिका लागि सहकार्य गर्ने विषय पनि सम्झौतामा समावेश गरिएको बताए ।

जलवायु परिवर्तन न्यूनीकरण र अनुकुलका साथै जोेखिम न्युनीकरण गर्नेबारे समेत प्रतिबद्धता जनाइएको बताउँदै अग्रवालले चेम्बर अफ कमर्स र युएनडीपीबीच भएको सहमति तत्कालै कार्यान्व्यनमा आउने बताए । उनले राष्ट्रसंघीय एजेन्सीसँग निजी क्षेत्रको क्षमता अभिवृद्धि, विपद् व्यवस्थापनको पूर्वतयारी र प्रतिकार्यबारे सहकार्य गर्नु निजी क्षेत्रका लागि महत्वपूर्ण भएको बताए ।

युएनडीपीका कार्यबहाक आवासीय प्रतिनिधि चेभिलार्डले दिगो विकासका लागि राष्ट्रसंघीय लक्ष्यहरु पूरा गर्न चेम्बरसंग सहकार्य गर्न पाउदाँ खुशी लागेको बताए । 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update