News 24 Television
पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर,  इलिमिनेटरमा चितवन र कर्णाली भिड्ने

काठमाडाैँ । सुदूरपश्चिम रोयल्सले कर्णाली याक्सविरुद्ध १२.२ ओभरभित्र जित निकाल्न असफल भएसँगै काठमाडौं गुर्खाजको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअप पुग्ने सम्भावना समाप्त भएको छ । 

सुदूरपश्चिमले सोमवार कर्णालीमाथि ६ विकेटले हराउँदै शिर्ष स्थानमा रहेर पहिलो क्वालिफायरको यात्रा तय गर्यो । लिग खेल सकिएसँगै एनपिएलको प्लेअफमा खेल्ने चारै टोलीको पनि टुङ्गो लाग्यो । समान सात खेलबाट सुदूपश्चिमले ६ जितबाट १२ अंक जोड्दै शिर्षमा रह्यो । समान खेलबाट जनकपुर बोल्ट्सले १० अंक जोड्दै दोस्रो भयो । कर्णालीसँग सुदूरपश्चिममाथि जित निकाल्दै दोस्रो स्थानमा उक्लिने अवसर थियो । तर कर्णाली सफल भएन । सुदूरपश्चिम र जनकपुरबीच पहिलो क्वालिफायर तय भएको हो । यी दुईबीच आगामी बुधवार प्रतिष्पर्धा हुनेछ ।

लिगको तेस्रो स्थानको चितवन राइनोज र चौथो स्थानको कर्णालीबीच इलिमिनेटर पनि बुधवार नै हुनेछ । समान सात खेलबाट चितवन, कर्णाली र काठमाडौंले समान आठ अंक नै जोडे । तर नेट रनरेटका आधारमा यी तीन तेस्रो, चौथो र पाँचौं स्थानमा रहे । एनपिएलको २८औं खेलमा सुदूरपश्चिमले बलिङ र ब्याटिङ दुवैमा उत्कृष्ट प्रदर्शन गर्दै छैटौं जित निकालेको हो । सुदूरपश्चिमले एक मात्र चितवनसँग व्यहो¥यो । कर्णालीले दिएको दिएको १०२ रनको सामान्य लक्ष्य सुदूरपश्चिमले १५.२ ओभरमा चार विकेट गुमाउँदै पूरा ग¥यो । ईशान पाण्डे ३८ रनमा अविजित रहँदा कप्तान दीपेन्द्र ३८ रन बनाएर आउट भए ।

यी दुईबीच चौथो विकेटका लागि ६८ रनको साझेदारी बन्यो । दीपेन्द्रले २९ बलमा चार चौका र एक छक्का प्रहार गरे । अलराउण्ड प्रदर्शन गरेका दीपेन्द्र म्यान अफ दी म्याचसमेत भए । ईशानले ३६ बलमा चार चौका हिर्काए । त्यसअघि सामान्य लक्ष्य पछ्याए पनि सुदूरपश्चिमले ब्याटिङमा संघर्ष ग¥यो । पावर प्लेमा ३० रन जोड्दा सुदूरपश्चिमले तीन विकेट गुमाएको थियो । ओपनरद्वय सैब जैफ ११ र विनोद भण्डारी ४ रनमा आउट भए । सैब सोमपाल कामीद्वारा र विनोद विपिन शर्माद्वारा एलबिडब्लु आउट भएका हुन् । ब्रान्डन म्याकमुलन पनि ३ रनमा रनआउट भए र सुदूरपश्चिमको इनिङ धरमरायो । तर ईशान र दीपेन्द्रले साझेदारी गर्दै इनिङ सम्हाले ।

कर्णालीको बलिङमा सोमपाल, विपिन र नन्दन यादवले समान एक विकेट लिए । जिसान मक्सुदले चार ओभरमा १४ रन मात्र खर्चिए पनि विकेट निकाल्न सकेनन् । टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले १९.५ ओभरमा १०१ रनमा नै अलआउट भयो । मध्य क्रमका ब्याटर जिसानको ३० रन नै कर्णालीका लागि सर्वाधिक ठूलो व्यक्तिगत स्कोर रह्यो । कर्णालीले खराब शुरुवात गर्यो । दोस्रो ओभरमा ओपनरद्वय बाबर हयात १३ रन र रित गौतम शुन्यमा नै पेभेलियन फर्किए । पहिलो १० ओभरमा ४७ रन जोड्दा सुदूरपश्चिमले चार विकेट मात्र गुमाएको थियो । पछिको १० ओभरमा भने सुदूरपश्चिमले ६ विकेट गुमाउन पुग्यो । विलियम बोसिस्टो १६, चाडविक वाल्टनले ११ र देव खनाल ७ रनमा आउट भए । गुलसन झा पनि २ र कप्तान सोमपाल कामीले ११ रनमा पेभेलियन फर्किएपछि कर्णाली सस्तैमा रोकियो । सुदूरपश्चिमको बलिङमा हरमित सिंहले तीन विकेट लिए । कप्तान दीपेन्द्र सिंह ऐरीले चार ओभरमा २० रन मात्र खर्चिएर दुई विकेट लिए । स्कट कुगेलिन र सैफ जैबले समान एक विकेट लिए ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update