News 24 Television
किराँत समुदायमा उँधौलीको रौनक

काठमाडाैँ । किराँत समुदायको दोस्रो ठूलो चाड ‘साकेला उँधौली’ आजदेखि शुरु भएको छ । किराँत समुदायमा मङ्सिरे पूर्णिमादेखि १५ दिनसम्म उँधौली र वैशाखे पूर्णिमादेखि महिना दिनसम्म साकेला उभौँली चाड मनाउने चलन छ ।

पन्ध्र दिनसम्म मनाइने उँधौली साकेलाको अवसरमा आज ललितपुरको सानो हात्तीवनमा भेला भएर किराँती पूर्खा, धामीहरूले प्रकृतिको पूजा आराधना गरी उँधौली चाडको शुरुवात गरेका हुन् ।

वर्षको दुईपटक मनाइने साकेला चाडको उँधौलीमा अन्नबालीको सह बसोस्, अनिकाल नलागोस् भन्ने कामनाका साथ प्रकृतिको पूजा गर्ने चलन छ । 

 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १३:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update