News 24 Television
दक्षिण कोरियाः राष्ट्रपतिविरुद्ध महाअभियोग, अबको प्रक्रिया के ?

काठमाडौं । मार्शल कु को प्रयास गरेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव संसदबाट पारित भएको छ । 

सैनिक शासनको अभ्यास गर्न खोजेका युनविरुद्धको महाअभियोगपछि अब उनी पदमुक्त भईसकेका छन भने तर अब के हुन्छ त ? 

सैनिक शासनमार्फत शक्ति हातमा लिन खोजेका दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरुद्धको महाअभियोग प्रस्ताव दोश्रो पटकमा सफल भएको छ । 

दक्षिण कोरियाको संसदले शनिवार राष्ट्रपति युन सुक–योलको मार्शल ल घोषणामा दोस्रो महाभियोग प्रस्ताव पारित गरेको छ । 

पहिलो एक हप्ता अघि खारेज गरेपछि यो दोस्रो पटक पारित गरिएको हो ।दक्षिण कोरियाको पूर्ण बैठकमा एक सदनात्मक राष्ट्रिय सभाका ३०० सांसदमध्ये २ सय ४ जनाले पक्षमा र ८५ जना विपक्षमा मतदान गरेका थिए भने तीन जनाले अनुपस्थिति र आठ जनाले बदर गरेका थिए । 

गत शनिवार सत्तारुढ १०८ जनशक्ति पार्टीका अधिकांशले संसदीय हलबाट बाहिरिएर मतदान गर्न अस्वीकार गरेपछि पहिलो महाभियोग प्रस्ताव फेल भएको थियो । 

अबको प्रक्रिया के हुन्छ ?

महाअभियोगको प्रस्ताव पारित भएपनि उनी पदमुक्त भने भइसकेका छैनन् । अहिले निलम्बनको अवस्थामा रहेका राष्ट्रपति युनविरुद्ध संवैधानिक अदालतमा सुनुवाई हुनेछ । संवैधानिक अदालतले १८० दिन अर्थात ६ महिनाभित्रै निर्णय दिइसक्नुपर्ने हुन्छ । 

यो अवधिमा उनको पद निलम्बनको अवस्थामा हुन्छ  । प्रधानमन्त्री हान डक–सूले कार्यवाहक राष्ट्रपतिको भूमिका निर्वाह गर्नेछन् । 

उसोतः यदि अदालतले महाभियोगलाई समर्थन ग¥यो भने ६० दिनभित्र तुरुन्तै राष्ट्रपति चुनाव हुनेछ । 

त्यसपछि नयाँ राष्ट्रपति चयन हुनेछ । तर, संवैधानिक अदालतका ९ मध्ये ६ न्यायाधीश महाअभियोगको विपक्षमा उभिएमा राष्ट्रपति पदमा बहाल रहन्छन र नियमित काममा फर्कीन पाउँछन् । 

नाराबाजी

राष्ट्रपतिविरुद्धको महाअभियोगको पक्ष र विपक्षमा विशाल प्रदर्शनहरु समेत देखिएका छन् । संसद भवनबाहिर हजारौंको सख्यामा महाअभियोग प्रस्तावको पक्षमा मतदान गर्न भन्दै प्रदर्शन भएका थिए भने राष्ट्रपति पक्षधरले समेत महाअभियोग प्रस्तावको विरोधमा प्रदर्शन गरेका थिए । 

दक्षिण कोरियामा राष्ट्र्पतिको असफल प्रयासले राजनीतिक तरङ्ग नै पैदा गरिदिएको छ । भने संसदले लोकतान्त्रिक विधिबाट महाअभियोग प्रस्ताव पारित गरेको छ । तर, यो विषय अब अदालतले नै निर्णय गर्ने भएकाले उनको पदबाटको चासो भने केहि समय रहनेछ ।

महाअभियोगको इतिहास

दक्षिण कोरियामा सन २०१६ मा साथीलाई पैसा अशुली गर्न सघाएको आरोपमा तत्कालीन राष्ट्रपति पार्क चाङविरुद्ध पनि महाअभियोग प्रस्ताव पारित भएको थियो । 

त्यो बेला २३४ सांसदले महाभियोगको प्रस्तावमा राष्ट्रपति पार्कविरुद्ध मत भने सन् २००४ मा पनि तत्कालिन राष्ट्रपति रोह मू–ह्युनलाई पनि महाभियोग लागेको थियो । दुई महिनाको निलम्बनपछि उनी संवैधानिक अदातलले पछि उनलाई फेरि पदमा फर्किएका थिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  ०८:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update