काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयको कृषि संकाय परिसरमा शनिरबारदेखि कृषि मेला सुरु भएको छ । मेलाले कृषकको आत्मविश्वास बढाउने विश्वास गरिएको छ भने मेलामा उल्लेख्य सहभागीता देखिएको छ । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री कृष्णप्रसाद सिलवालले रैथाने बाली संरक्षणमा जोड दिनुपर्नेमा जोड दिए ।
मेला आयोजक मुल समारोह समितिकी संयोजक एवम् विश्वविद्यालय रजिष्ट्रार प्रा.डा. शारदा थपलिया किसानको ज्ञान, सीप र दक्षता अभिवृद्धि गर्ने उद्देश्यले मेला आयोजना गरिएको बताइन् ।
कृषि प्रदर्शनी तथा कृषक मेलामा कृषि, पशु व्यवसाय तथा भेटेरीनरी र वन क्षेत्रका गरी ९६ स्टल (कक्ष) रहेका छन् । साथै १० हजार भन्दा बढी सहभागीहरु र २०० भन्दा बढी प्रदर्शकहरुको सहभागिता रहने अपेक्षा गरिएको छ ।
मेलामा कृषि क्षेत्रको नीतिगत बहस, कृषि रुपान्तरणका विषयमा कृषि उद्यमी तथा सरोकारवालासँग छलफल, दिगो पशुपालन भेटेरीनरी सेवा तथा मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन लगायतका विषयमा पनि समूहगत छलफल हुने बताइएको छ । पहिलो संस्करणको यो यसअघि मेला वि.सं. २०७६ सालमा आयोजना भएको थियो । भने मेला पुस ३ सम्म ५ दिनसम्म चल्नेछ ।