News 24 Television
नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको नयाँ कार्यसमिति सर्वसम्मत चयन

काठमाडौं । नेपाल पत्रकार महासंघ जिल्ला शाखा म्याग्दीको नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको छ । बुधबार निर्वाचनको प्रयोजनका लागि निर्धारित समय अवधिभरमा सबै पदहरुमा एक एक उम्मेदवारी मात्रै गरेपछि सबै उम्मेदवारहरु निर्विरोध निर्वाचित भएका हुन् ।

नव गठित कार्यसमितिको अध्यक्षमा हरिकृष्ण गौतम, उपाध्यक्षमा दलप्रसाद विश्वकर्मा  तथा अमृत बास्कुने निर्वाचित भएका छन् । त्यस्तै सचिवमा ठाकुर प्रसाद आचार्य, सहसचिवमा शन्दीप शर्मा तथा प्रताप बानियाँ (समावेशी) र कोषाध्यक्षमा साधान घर्ती राम्जाली निर्वाचित भएका छन् । 

त्यस्तैगरी सदस्यहरुमा कमल खत्री, राकेश शर्मा र केन्द्रीय परिषद सदस्यमा विनोद धौलागिरी भएको निर्वाचन समिति संयोजक तारानाथ शर्माले बताए । 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  १४:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update