
काठमाडौं । 'जय जय माता बालकुमारी' बोलको म्युजिक भिडियो लोकार्पण समारोह सम्पन्न भएको छ । गीतकार हरिराम महर्जन ठेचो ले लेख्नु भएको उक्त गीतमा वरिष्ठ संगीतकार जुगल डंगोलको संगीत र संगीत संयोजन रहेको छ ।
उक्त गीतको म्युजिक भिडियोलाई वरिष्ठ निर्देशक आर्यम नकःकिले निर्देशन गरेका छन् भने सोहन मानन्धरको छायाङ्कन रहेको छ । लोकार्पण समारोहमा गीत लेखक हरिराम महर्जन ‘ठेची’ ले गीत रेकर्डिङ गर्नदेखि म्युजिक भिडियो बनाई लोकार्पण समेत गर्नमा सहयोग गरेको प्रति आभार प्रकट गर्दै गीत ठेचो गाउँकै साझा सम्पत्ति भएको बताए ।
गीतमा संगीत र संगीत संयोजन गर्नु हुने वरिष्ठ संगीतकार जुगल डंगोलले नेवारी बस्तिहरुमा बालकुमारी देवीको महत्वको चर्चा गर्दै सम्भवतः बालकुमारी देवीको स्तुति गीत यो पहिलो हुन सक्ने बताए ।
त्यस्तै समारोहका विशेष अतिथि गोदावरी नगरपालिकाका नगरप्रमुख श्री गजेन्द्र महर्जनले गीतकार हरिराम महर्जनको मेहनतको प्रशंसा गर्दै बालकुमारी वन्दना गीतले ठेचोलाई संसारमा चिनाउन मद्दत गर्ने बताउँदै सहयोग गर्न पाउँदा खुसि लागेको बताए ।
त्यस्तै प्रमुख अतिथि बागमती प्रदेश सांसद माननीय श्री रघुनाथ महर्जनले म्युजिक भिडियो उद्घाटन गर्दै ऐतिहासिक एवं धार्मिक आस्थाको रुपमा रहेको बालकुमारी देवीको वर्णन गरेको बन्दनाको म्युजिक भिडियो बनाउन सफल भएकोमा सबै टिमलाई धन्यवाद दिए । त्यस्तै ऐतिहासिक र पुरातात्विक महत्वको क्षेत्रमा आवश्यक सहयोग गर्न आफू हरहमेसा तयार गरेको पनि बताए ।