News 24 Television
नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखाको नयाँ कार्यसमिति चयन

काठमाडौं । नेपाल पत्रकार महासंघ न्यूज २४ प्रतिष्ठान शाखा अध्यक्षमा कृष्ण कुमार कन्दङवा निर्विरोध निर्वाचित भएका छन् । 

krishna-1733971025.jpg
प्रतिष्ठान शाखा सदस्यहरुको सर्वसहमति अनुसार कन्दङवाको नेतृत्वमा ११ सदस्य सिङ्गो समिति नै निर्विरोध निर्वाचित भएको हो । 

keshaba-1733971050.jpg
प्रतिष्ठान शाखाको उपाध्यक्षमा केशव निरौला, महिला उपाध्यक्ष अनुला महर्जन, सचिव विना पौडेल, सहसचिव विनोद बजगाईँ र कोषाध्यक्षमा नन्दश्याम महर्जन निर्विरोध भएका छन् । 

anula-1733971080.jpg
यस्तै, सदस्यहरुमा मदन सापकोटा, विद्या बस्नेत, विरेन्द्र जैरु, कान्छा डंगोल र उपेन्द्र शाही निर्वाचित भएका छन् । 

bina-1733971116.jpg
सबै पदमा आवश्यक बाहेक अन्य कसैको पनि उम्मेदवारी नपरेको र कसैको दाबी नपरेको हुँदा निर्विरोध निर्वाचित घोषणा गरिएको निर्वाचन समिति संयोजक नवराज चालिसेले जानकारी दिए ।

nandu-1733971148.jpg
 

sabai-1733971234.jpg
 

प्रकाशित मिति: बिहीबार, मंसिर २७, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update