News 24 Television
रविको नाममा फेरि रडाको, सत्ताकै नेता खुलेआम रविको साथमा !

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै विवाद चर्किएको छ । रविमाथि राज्यले दुव्र्यवहार गरेकोदेखि प्रतिशोध साँधेको आरोप चर्को बनेको बेला सरकारले भने प्रतिवाद गरेको छ । सत्ता पक्षकै केही नेताहरु र प्रतिपक्ष रविको पक्षमा सरकारमाथि किन खनिन थालेका छन् त ?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि सहकारीको बचत अपचल, सम्पत्ति शुद्धीकरण, संगठित अपराधलगायतको आरोपमा अनुसन्धान चलिरहेको छ । तर, उनीमाथिको अनुसन्धानमा राज्यले प्रतिशोध साँधेको भन्दै कांग्रेस नेताहरु नै सरकारविरुद्ध खनिन थालेका छन् । 

केही दिन अघि मात्रै कांग्रेस नेता डा. शेखर कोइरालाले रविमाथि सरकारले ज्यादति गरिरहेको भनि विरोध गरेका थिए । अहिले फेरि कांग्रेस नेता एवम् प्रतिनिसभा सदस्य सुनिल शर्माले समेत गृहमन्त्रीमाथि प्रश्न गरेका छन् । 

शर्माले सरकारको आलोचना मात्रै गरेका छैनन्, आफ्नै पार्टीबाट गृहमन्त्री बनेका रमेश लेखकमाथि समेत प्रश्न गरिरहेका छन् । यसैगरि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि रवि लामिछानेमाथि राज्यले प्रतिशोध साँधेको आरोप लगाइरहेका छन् । 

बाबुरामले जस्तै माओवादी केन्द्रले पनि सरकारमाथि खनिनेक्रम बढाएको देखिन्छ । माओवादी केन्द्रले पनि रविमाथि राज्यले प्रतिशोध साँधेको आरोप लगाइरहेको छ । 

कांग्रेसको इतर पक्ष र प्रतिपक्षी दलहरु प्रतिरोधमा उत्रिदै गर्दा राष्ट्रिय मानव अधिकार आयोग पनि अनुसन्धानमा जुटेको बताइरहेको छ । मानव अधिकार आयोगले अनुसन्धान गरेपनि सरकार भने यस्तो आरोप स्वीकार्न तयार देखिन्न । राज्यले रविमाथि प्रतिशोध साँधेको भन्ने कुरामा सहमत हुन नसकिने भन्दै गृहमन्त्री रमेश लेखकले अनुसन्धान प्रभावित पार्ने काम गर्न खोजिएको आरोप लगाएका छन भने उनले पुर्वप्रधानमन्त्री प्रचण्डले समेत यो विषयमा राजनीति गर्न खोजेको दाबी गरेका छन् । 

यता सरकारले अनुसन्धान गरिरहँदा प्रतिशोध साँधिएको आवाज बलियो बन्दै गर्दा प्रधानमन्त्री केपिी ओली पनि रविलाई सहकारी ठगको संज्ञा दिनमा तल्लिन छन् । ओलीले झापाको एक कार्यक्रममा सम्बोधनका क्रममा रविमाथि व्यङ्ग्य कस्दै सहकारी ठगेजस्तो देश चलाउन सजिलो नहुनेसम्म भनेका छन् । 

यि परिवेशका बीच रविलाई पर्सा पु¥याएर मंगलबार बयान समेत लिइएको छ । रविले काठमाडौं, चितवन, बुटवल, कास्कीमा बयान दिइसकेका छन भने अनुसन्धानलाई सघाउदै गर्दा पनि आफूमाथि मानव अधिकार हनन भएको जिकिर गरिरहेका छन् । 

प्रहरीले औषधिसमेत सेवन गर्न नदिएको, रातारात पोखरा पु¥याइएको, मादक पदार्थ सेवन गरेका प्रहरी अधिकारीले दुर्व्यवहार गरेको जस्ता आरोप लगाइरहेका छन भने प्रहरीले यसको खण्डन गरिरहेको छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update