News 24 Television
विश्वका ७० प्रतिशत बढी संक्रमण जनावरबाट मानिसमा

काठमाडौं । जूनोटिक डिजिज अर्थात पशुपक्षीबाट मानिसमा सर्ने रोगहरु पछिल्लो समय बढ्दो क्रममा छ । विश्वमा देखिएका ७० प्रतिशत नयाँ संक्रामक रोगहरु जनावरबाट मानिसमा सर्ने गरेको अध्ययनहरुले देखाएको छ । साथै जुनोटिक डिजिजकै कारण विश्वमा २५ लाख भन्दा बढिले ज्यान गुमाउने गरेका छन् । 

मानिस र पशुपक्षीसँग सम्बन्ध वषौदेखि रहदै आएको छ । घरपालुवा जनावर माछामासु तथा कृषिजन्य उत्पादनका लागि मात्र नभई घरको सुरक्षाका लागि समेत पाल्ने गरिएको छ । 

साथै पछिल्लो समय त घरपालिवा होस् वा जंगली जनावर मानिसले आफ्ना सोख पुरा गर्न पनि पाल्ने गरेका छन् । तर घरमा पालिने यस्ता जनावरका कारण मानिसमा विभिन्न संक्रमक रोगको जोखिम बढिरहेको छ । 

अध्ययनका अनुसार हाल विश्वमा देखिएका ६० देखि ७० प्रतिशत संक्रामक रोग जनावारकै कारण मानिसमा सर्ने गरेको छ । साथै विश्वमा देखिएका करिब ७५ प्रतिशत नयाँ, अज्ञात तथा घातक मानिएका संक्रामक रोगहरु पनि जनावारकै कारण मानिसमा देखिएको जानकार बताउँछन् । 
जनावरबाट मानिसमा देखिएको संक्रमक र घात रोगको पछिल्लो उदाहरणलाई हेर्ने हो भने सन् २०१९ मा देखिएको कोभिड नाइन्टीनलाई लिन सकिन्छ । 

अझैसम्म पनि जोखिम अवस्थामा रहेको कोभिड पनि चमेराबाट मानिसमा देखिएको दाबी गरिएको छ । त्यस्तै मर्स, निपा, इबोला, रेबिज जस्ता संक्रमणहरु पनि जनावरबाट नै मानिसमा देखिएका रोगहरु हुन् । जनवारबाट मानिसमा हुने संक्रमण मानव स्वास्थ्यका लागि निकै घातक मानिएका छन् । 

रेबिज, निपा, इबोला लगायतका रोगहरु प्राणघातक रोगका रुपमा समते मानिएका छन् । यसरी जनावरबाट मानिसमा संक्रामक रोग सर्नुमा जनावरसंग प्रत्यक्ष तथा अप्रत्यक्ष सम्र्पकमा आउनु नै रहेको विज्ञहरु औलाउँछन् । साथै यसरी जनवारबाट मानिसमा सर्ने यस्ता रोग मानिसबाट मानिसमा सर्न थालेको अवस्थामा थप जोखिम बढ्ने विज्ञ बताउँछन् । 

जुनोटिक डिजिजका रुपमा देखिएको कोभिड नाइन्टीनका कारण विश्वले १ सय बिलियन अमेरिकी डलर बराबरको क्षति समेत व्यहोर्नु परेको थियो । जुनोटिक रोगको जोखिममा सबै रहेता पनि कृषि पेशामा आवद्ध व्यतिmहरु बढि जोखिमा भएको विज्ञ औलाउँछन् । 

यसरी जूनोटिक डिजिजहरु मानिसमा सर्नेको कारणमा प्राकृतिक वातावरणमा भइरहेको ह्रास, भूमिमाथिको शोषण, वन्यजन्तुमा हुने गरेका शोषण, स्रोतको दोहन र जलवायु परिवर्तनका लगायतका कारण भएको संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रम र इन्टरनेशनल लाइभस्टक रिसर्च इन्स्टिच्युटले गरेको अनुसन्धान प्रतिवेदनमा उलेख छ । 

प्रकाशित मिति: बुधबार, मंसिर २६, २०८१  ०८:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update