News 24 Television
स्वास्थ्यमन्त्रीका भयंकर गफ ! पर्दामा फेरि यस्तो कथा !

काठमाडौं । आधारभूत स्वास्थ्यलाई नेपालको संविधानले मौलिक हकको रुपमा सुनिश्चित गरेको छ । तर, अहिले पनि सबै नागरिकले कानूनले नै प्रत्याभूत गरेको आधाभूत स्वास्थ्य सेवाको प्रत्याभूति गर्न पाएका छैनन् । 

स्वास्थ्य क्षेत्रको विकास र विस्तार भन्दै विभिन्न नीति तथा योजना सार्वजनिक हुँदै आएपनि आधारभूत स्वास्थ्य उपचार सेवा आमनागरिकले महशुस हुने गरि उपभोग गर्न नपाएको बेला अन्य योजना सार्वजनिक गर्दै उपब्धिका हाँक दिनुको खास अर्थ भने देखिदैन । 
 
भनिन्छ, स्वास्थ्य नै ठूलो धन हो । त्यसैले, स्वास्थ्य सेवाको महत्वलाई दर्शाउँदै जनस्वास्थ्य सेवा ऐन २०७५, राष्ट्रिय स्वास्थ्य नीति २०७६, जनस्वास्थ्य नियमावली २०७७, आधारभूत स्वास्थ्य सेवा सञ्चालनसम्बन्धी कार्यविधि २०७९ र संविधानमै आधारभूत स्वास्थ्य सेवाको सुनिश्चित गरिएको छ । तर कानूनले सुनिश्चित गरेको आधारभूत स्वास्थ्य सेवाको उपभोग सबै नागरिकले अहिले पनि गर्न पाएका छैनन् । 

स्वास्थ्य उपचारको महत्वपूर्ण विषय आधारभूत स्वास्थ्य उपचारलाई मान्ने गरिन्छ । तर आधारभूत सेवाको पहुँच नै विस्तार गर्न नसकेको अवस्थामा स्वास्थ्य क्षेत्रको विकास र विस्तारका लागि ठूला ठूला योजनाले खास अर्थ नराख्ने विज्ञहरु औलाउँछन् । 

नेपालको संविधानले नै निःशुल्क आधारभूत सेवा प्रदान गरे पनि यसको उपभोगबाट अधिंकाश नागरिक बञ्चित छन् । साथै राज्यले प्रदान गरेको आधारभूत स्वास्थ्य सेवाका बारेमा जानकारी अभावका कारण पनि समस्या थपिएको छ । 

जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार नौवटा क्षेत्र आधारभूत स्वास्थ्य सेवाभित्र पर्छन ्। जसअनुरुप खोप सेवा, एकीकृत नवजात शिशु, बालरोग व्यवस्थापन, गर्भवती, प्रसव तथा सुत्केरी सेवा, परिवार नियोजन, मातृशिशु तथा बाल स्वास्थ्य, सरुवा रोग, नसर्ने रोग तथा शारीरिक विकलांगता, मानसिक रोग लगायतका सेवाहरु आधारभूत सेवा भित्र समावेश गरिएका छन् । तर, कानुनले नै प्रदान गरेको यी र यस्ता आधारभूत स्वास्थ्य उपचार सेवा लिन आम नगरिकले घण्टौ हिड्नु पर्ने देखि समान्य ज्वरोको औषधी नपाएका तथ्य अहिले पनि बाहिर आउँने गरेका छन् । 

अहिले पनि आधारभूत स्वास्थ्य उपचार सेवाको अवस्था नाजुक अवस्थामा छ । यो विषयमा स्वास्थ्य मन्त्री प्रदिप पौडेल जानकार नभएका होइन । तर उनी स्वास्थ्य सेवाको विकास र विस्तराका लागि ठूलाठूला योजना बनाउन व्यतिm देखिन्छन् । 

कुनै पनि मुलुक विकास र समृद्धिको बाटो तर्फ लम्कनका लागि मुलुकको स्वास्थ्य सेवाको महत्वपूर्ण भूमिका हुने गर्दछ । यसका लागि मुलुकले स्वास्थ्य क्षेत्रमा उचित योजना अनुरुप काम गर्न समेत आवश्यक छ । 

आधारभूत स्वास्थ्य उपचार सेवालाई स्वास्थ्य क्षेत्रको जगका रुपमा लिने गरिन्छ । तर स्वस्थ्य उपचारको महत्वपूर्ण क्षेत्र नै कमजोर बनेको अवस्थामा स्वास्थ्य सेवाका विकास र विस्तारको योजनाले सफलता हासिल गर्न नसक्ने विज्ञ औलाउँछन् । त्यसैले आधारभूत स्वास्थ्य उपचार सेवा सुधार नभएसम्म स्वास्थ्य सेवाको विकास र विस्तार हुन सक्दैन् ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०७:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update