News 24 Television
बजारको प्रवेशद्धार नै गन्धले बसी नसक्नु !

दार्चुला । सुदूरपश्चिम कै उत्कृष्ट पर्यटकीय सम्भावना बोकेको दार्चुला जिल्लाको प्रवेशद्वार मै रहेको गोकुलेश्वर बजार दुगन्धित बनेको छ । 

फोहोर व्यवस्थापनको माग राख्दै स्थानीय नगरपालिकासम्म नपुगेका पनि होइनन्, तर जतिसुकै आन्दोलन खबरदारी गरेपनि शैल्यशिखर नगरपालिकाले कुनैपनि प्रतिक्रिया नजनाएको उनीहरुको गुनासो छ ।

दार्चुला  जिल्लाकै दास्रो ठूलो बजार एवम् दार्चुला जिल्लाको प्रवेशद्वार हो शैल्यसिखर नगरपालिका–९ स्थित गोकुलेश्वर बजार ।  

सुदूरपश्चिम प्रदेशका उत्कृष्ठ गन्तब्यहरु अपि हिमाल वेश क्याम्प, राष्ट्रिय धाम मालिकार्जुन, देशको एकमात्र शौकाजाति बसोबास गर्ने व्याँसको छाङरु तिंकर यहि बाटो भएर जानुपर्ने हुन्छ । तर, पर्यटकीय क्षेत्र प्रवेशद्धार नै दुर्गन्धित बनेको छ । घुम्न आएका पर्यटकहरुलाई समेत फोहोरका कारण असर पारेको छ । 

फोहोर व्यवस्थापनका लागी नागरिकहरु आन्दोलनमै उत्रिए, संविधान दिवसकै दिन फोहोर बोकेर नगरपालिका मै फालेर आए त्यति गर्दा पनि, न विगतको सरकारले डम्पिङ साइटलाई स्थायित्व दिन सक्यो न वर्तमान सरकारले नै  । 

संविधानतः फोहोर व्यावस्थापन स्थानीय सरकारकै जिम्मेवारी अन्तरगत पर्दछ ।  तर स्थानीयहरुले पटकपटक ध्यानाकर्षण गराउँदा पनि सरकारले वेवास्ता गरिरहेको छ । 

यो बजार नजिकै जगदपुरी शिव धाम छ  । यहाँ चमेलिया नदी बगिरहेको हुन्छ । माथिबाट फोहोर फालेर यो ठाउँ बस्न लायककै नरहने स्थिति छ। महत्त्वपूर्ण कुरा त के छ भने चमेलिया नदीको पानी नै शैल्यसिखर धाममा चढाउन लगिन्छ तर स्थानीय सरकारको लापरवाहीको कारण योगी माताहरुले पनि दुख पाइरहेका छन्। 

 

फोहोर व्यवस्थापन गर्न विगतको सरकारले वेवास्ता गर्दै आएको छ भने  वर्तमान सरकारले पनि बढावा दिएको स्थिति छ। 

सरकारले फोहोर व्यवस्थापन गर्न धेरै प्रयास गरेको तर स्थानीयहरुले साथ नदिएको भनि गुनासो पनि आउने गर्दछ । यता नगरपालिकाले भने फोहोर व्यवस्थापनलाई शैल्यसिखर नगरपालिकाले गम्भिर रुपमा लिएको बताउदैे छिट्टै परिणाम दिने गरेर दीगो डम्पिङ साईट बनाई काम अगाडि बढाइरहेको बताएको छ ।  

फोहोर गर्न जति सजिलो हुन्छ, यसको व्यवस्थापन गर्न त्यति नै गाह्रो हुन्छ । अझ जिम्मेवार निकायले पर्याप्त ध्यान नदिँदा यो समस्या कति खराब हुनसक्छ भन्ने तथ्य शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वरमा देखिएको छ । 

बजारको फोहोर व्यवस्थापनमा खासै चासो नदिँदा बजार क्षेत्र दुर्गन्धित भएको छ भने सर्वसाधारणहरुको दैनिकी कठिन भएको हो ।

प्रकाशित मिति: सोमबार, मंसिर २४, २०८१  ०७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update