News 24 Television
रविको मानव अधिकार हननविरुद्ध रास्वपाले दियो उजुरी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सभापति रवि लामिछानेको मानव अधिकार हनन गरिएको भन्दै राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिएको छ । 

सहकारीको रकम अपचलन गरेको आरोपमा गत कार्तिक २ गते पक्राउ परेका लामिछाने यतिबेला कास्की प्रहरीको हिरासतमा छन् । उनलाई पक्राउ परेदेखि नै प्रहरीले अपमानजनक व्यवहार गर्दै आएको रास्वपाको भनाइ छ । एक जन निर्वाचित प्रतिनिधि हुँदाहुँदै पनि राज्य संयन्त्रबाट लामिछानेलाई अमानवीय, अपमानजनक तथा गैरन्यायिक व्यवहार प्रहरी प्रशासनबाट हुँदै आएको भन्दै रास्वपाले गम्भीर ध्यानाकर्षण समेत गराएको छ । 

लामिछानेलाई विभिन्न जिल्लामा जाहेरी दर्ता गर्न लगाएर सत्तारुढ दलहरुले अनावश्यक दुःख दिने र राजनीतिक प्रतिशोध साँध्ने काम भइरहेको रास्वपाको दाबी छ । यही मंसिर २० गते दिनभर चितवन जिल्ला सरकारी वकिलबाट बयान गराएर राति नै आराम समेत गर्न नदिएर चितवनबाट पोखरा लगेर थुनुवाको अधिकार हनन गरिएको रास्वपाको भनाइ छ । साथै पोखरास्थित हिरासतबाट रविको डायरी समेत गायब पारेको आरोप छ । 

manabadhikar-aayog-rsp-ujuri-2-1461x2048-1733644644.jpg

manabadhikar-aayog-rsp-ujuri-1461x2048-1733644644.jpg

प्रकाशित मिति: आइतबार, मंसिर २३, २०८१  १३:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update