News 24 Television
शुल्क सार्वजनिक गर्ने सरकारको निर्णय अस्पतालले नै गरे उल्लङ्घन

काठमाडौं । स्वास्थ्य उपचारका क्रममा अस्पतालको सेवा शुल्क जानकारी नहुदाँ धेरै सेवाग्राही मर्कामा पर्ने गर्दछन् । अझै आर्थिक अवस्था कम्जोर भएका सेवाग्राहीलाई उपचार खर्च के कति लाग्छ भनेर जानकारी नहुदाँ थप समस्या परेको गुनासो सुनिने गरेको छ । 

यहि गुनासो हटाउन भन्दै स्वास्थ्य मन्त्रालयले सेवा शुल्क सार्वजनिक गर्न निजी मेडिकल कलेज तथा सरकारी अस्पातलाई पत्रचार गरिसकेको छ । तर, पत्र पठाएको दुई साता हुदाँ पनि केहि सरकारी अस्पतालले बाहेक अधिंकाश सरकारी तथा निजी अस्पाताले उपचार सेवा शुल्क सार्वजनिक गरेको भेटिदैन ।

स्वास्थ्यमा समस्या आएको आवस्थामा नागरिकले सहजै उपचार सेवा पाउँनु पर्ने मौलिक अधिकारकै रुपमा प्रत्याभूत गरिएको छ । तर स्वास्थ्य उपचार सेवा शुल्क महंगो भएका कारण स्वास्थ्य उपचार सेवा पहुँचबाट बञ्चित हुनुपरेको छ नै । साथै अस्पतालमा सेवा लिन के कति खर्च लाग्छ भन्ने जानकारी नहुदाँ सेवाग्राही उपचारका लागि के कति रकम लिएर जाँदा उपचार सेवा पाउने भन्ने अन्यौलमा हुन्छन् । 

त्यसैले यो समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालयले निजी तथा सरकारी अस्पतालले प्रदान गदै आएका सेवाहरुको शुल्क खुलाउन निर्देशन दिएको छ । सबै खालका शय्याको शुल्क विवरण, रेडियोलोजी सेवा तथा ल्याबको शुल्क विवरण समेत खुलाउनुपर्ने मन्त्रालयले निजी तथा सरकारी अस्पतालहरुलाई पठाएको पत्रमा उल्लेख छ ।  

स्वास्थ्य मन्त्रालयले सेवा शुल्कको विवरण वेबसाइटमा राख्न तथा सेवाग्राहीले सहज रूपमा जानकारी पाउने व्यवस्था गर्न समेत अस्पताललाई आग्रह गरेको छ ।

यो निर्देशनपछि कान्तिबाल अस्पताल महाराजगञ्ज, बीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आफ्नो सेवा शुल्क आफ्ना वेबसाइटमा राखेका छन् । तर अन्य सरकारी अस्पतालले पनि निर्देशन मानेका छैनन् । निजी अस्पतालहरुले पनि सेवा शुल्क सार्वजनिक गर्न अटेर गरिरहेका छन् । अटेरी गर्ने अस्पताललाई कारबाही हुने मन्त्रालयको भनाई छ ।

सरकारी तथा निजी अस्पतालहरुले आफ्नो अस्पतालको सेवा शुल्क सार्वजनिक गरेमा उपचारका लागि अस्पताल पुग्ने सेवाग्राहीलाई सहज हुनेछ । अस्पतालले आफ्नो शुल्क सार्वजनिक गरेमा सोही अनुसार उपचारका लागि अस्पताल चयन गर्न तथा खर्च जोहो गर्न  सहज हुने आम सर्वसाधारण बताउँछन् ।  

शुल्क पारदर्शी रुपमा राख्दै सर्वसाधारणलाई जानकारी दिन सरकारले निर्देशन दिए पनि  अस्पतालहरु यसमा तयार भएको देखिदैन । 

विरामीको अवस्था हेरेर मनोमानी शुल्क अशुल्ने गरेका निजी अस्पतालहरुले विभिन्न बाहना बनाउन थालेका छन् । स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रको यस्ता विकृति हटाउन सरकारले गम्भीर कदम चाल्न जरुरी छ । 

प्रकाशित मिति: शनिबार, मंसिर २२, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update