News 24 Television
स्थानीय तह उपचुनावः दलहरुको आ–आफ्नै हिसाबकिताब

काठमाडौं । उपचुनावको नतिजापछि दलहरु विभिन्न दाबी गर्न थालेका छन् । उपचुनावको नतिजापछि हौसिएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले क्रान्तिकारीको लडाई नटुंगिएको भन्दै नयाँ लडाई शुरु भएको दाबी गरेका छन् । 

सत्तारुढ कांग्रेस–एमालेले भने समिक्षासहित अघि बढ्ने बताइरहेका छन् । उपचुनावको नतिजापछि दल र नेताहरुले पार्टीको हैसियतबारे बहस थालेका छन् । कुन पार्टीको अवस्था कस्तो भन्ने बहस चलिरहेको बेला तीन ठुला पार्टीका नेताहरुले विभिन्न दाबी गरिरहेका छन् । 

उपचुनावमा क्षति ब्यहोरेको कांग्रेसले समग्रतामा हिसाब गर्दा केहीे सिट गुमाएपनि एक्लै चुनाव लड्दा राम्रो नतिजा प्राप्त भएको दाबी गरेको छ भने एमाले समिक्षा आवश्यक रहेको बताइरहेको छ । तर, माओवादी केन्द्र भने अब एक्लै चुनावमा जाने जनादेश प्राप्त भएको भन्दै फुरुङ्ग बनेको छ ।

उपचुनावको स्थिति

स्थानीय तहको निर्वाचनलाई हेर्दा कांग्रेसले पहिले जितेका क्षेत्र गुमाएको छ भने माओवादीले आफूलाई अब्बल सावित गरेको छ । एमालेले निर्वाचनमा राम्रो परिणाम हात पारेपनि मतको स्थितिले खुशी हुने स्थितिमा भने पु¥याएको देखिन्न । 

कांग्रेसले गठबन्धन नगरि चुनावमा जाने नीतिलाई लिएर ब्यहोरेको हारलाई एक्लै चुनाव लड्दा राम्रो नतिजा आएको दाबी गरेको छ । 

कांग्रेसले यस्तो दाबी गर्दै गर्दा एमालेले भने समिक्षा गर्ने बताइरहेको छ । निर्वाचन परिणामले एमालेमाथि जनताले भरोसा गरेको देखिएको दाबी गरेपनि नतिजा पार्टीले सोंचेजस्तो नभएकोमा एमाले करिब सहमत नै देखिन्छ ।

एमाले कांग्रेसले यस्तो जिकिर गर्दै गर्दा चुनावमा सत्ता गठबन्धनको घेराबन्दीमा पर्दा पनि उत्साहजनक मत ल्याएकाले एक्लै चुनाव लड्ने जनादेश प्राप्त भएको माओवादी केन्द्रको जिकिर छ । 

अझ माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले त क्रान्तिको तयारीमा जुटिसकेको जिकिर नै गरिदिएका छन् । तीन ठूला दलले स्थानीय तहको निर्वाचनमा कब्जा जमाएपछि साना दलहरु भने खास प्रतिक्रिया दिनेमा देखिएका छैनन् । 

स्थानीय तहको उपचुनावमा नराम्रो झड्का लागेपछि उनीहरु पनि आन्तरिक समिक्षामा भने जुटेको बताइन्छ । उपचुनावमा कांग्रेसले धेरै वडा जित्दा प्रत्यक्षतर्फ ४३ प्रतिशत जित निकालेको छ भने एमालेले १८ र माओवादी केन्द्रले २५ प्रतिशत नतिजा आफ्नो पक्षमा पारेका छन् ।अन्य साना दलले भने खास उपस्थिति जनाउन सकेनन् । तर, मतान्तरको हिसाबले भने परिस्थिति फरक देखिन्छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update