पेकिङ विश्वविद्यालयमा प्रधानमन्त्री ओलीको सम्बोधन
काठमाडौँ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेइजिङस्थित पेकिङ विश्वविद्यालयमा सम्बोधन गरेका छन् । सो क्रममा उनले चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) बाट नेपालले लाभ लिने बताए ।
बुधबार भएको उक्त विश्वविद्यालयको एक कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको विकासमा चीनको दरिलो साथ रहेको बताए । उनले बीआरआईबाट नेपाल र चीनको आपसी सम्बन्ध झनै प्रगाढ भएको बताए ।
विश्वकै पुरानोमध्येको एक पेकिङ विश्वविद्यालयले नेपालको शैक्षिक विकासमा योगदान दिन सक्ने ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीलाई विश्वविद्यालयका अध्यक्ष प्रा गोङ छिहुङले कार्यक्रममा स्वागत गरेका थिए ।
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१ १२:५३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय