बारा । प्रत्येक पाच बर्षमा एकपटक लाग्ने बारा बरियारपुरको गढीमाई मेला बलिको लागि विश्वमै प्रसिद्ध रहेको छ । यो मेलामा देश विदेशबाट लाखौ भक्तजन तथा दर्शनार्थी आउने गर्छन । मधेश प्रदेशको मात्र नभई देशलाई नै चिनाउने महामेला भएर पनि गढीमाई मेला प्रतिको राज्यको दृष्टिकोण साँघुरो भएको भन्दै बाराका जनप्रतिनिधिहरु निराश र असन्तुष्ट देखिए ।
लाखौ करौडौ भक्तजनको धर्म र आस्थाको प्रतिकको रुपमा रहेको गढीमाई मेलालाई संघीय सरकारले बेवास्ता गरेको भन्दै बाराका जनप्रतिनिधि आक्रोशित बनेका छन् ।
प्रत्येक ५ वर्षमा लाग्ने बाराको महागढीमाई मेला मंसिर १ गतेदेखि विधिवतरुपमा शुरु भइसकेको छ । मेला अवलोकन गर्न तथा पूजाआजाका लागी आउने दर्शनार्थीहरुको उपस्थिति दिनप्रतिदिन बाक्लिदै गएको छ ।
गढीमाता प्रतिको आस्था र विश्वासकै कारण देशभरीबाट मात्र नभई भारत लगायत तेस्रो मुलुकबाट समेत लाखौँ भक्तजनहरु दर्शनका आउने गरेका छन् । तर संघीय सरकारको ध्यान गढीमाई मेलामा अझै पुग्न सकेको छैन ।
ऐतिहासिक शक्तिपिठ रहेको गढीमाई मेलामा राज्यले कुनै वास्ता नगरेको भन्दै यहाँका स्थानीय जनप्रतिनिधिदेखि स्थानीयसमेत निरास र आक्रोशित छन् । तर संघीय सरकारले मेलाको तयारीदखि हालसम्म कुनैपनि सहयोग नगरेको भन्दै आफूहरुले अभिभावकविहीन भएको महसुस गरेको बाराका स्थानीय जनप्रतिनिकिो गुनासो छ ।
मेलाको प्रवद्र्धन र विकासमा काम नगरेको भन्दै महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र प्रसाद यादवले आफनै पार्टीका संघीय पर्यटन मन्त्री बद्री पाण्डेको राजीनामा समेत मागेका छन् ।
यो मेलामा विशेषगरी बली दिने दिनमा ठुलो संख्यामा एकैपटक दर्शनार्थीहरु आउने गरेका छन् । यसरी धार्मीक पर्यटनको विकासमा महत्वपूर्ण भूमीका खेल्ने मेलालाई संघिय सरकारले कुनै पनि सहयोग नगरेको जनप्रतिनिधिहरुको आरोप छ ।
प्रत्येक पाँच वर्षमा लाग्ने गढीमाई मेलालाई राष्ट्रिय पर्यटनसँग जोड्न संघीय सरकारले कुनै ठोस योजना नल्याएको पनि स्थानीय र जनप्रतिनिधिको दुखेसो छ ।
सरकारले पर्यटन विकासको लागि वर्षेनी अरबौं रकम खर्च गर्ने गरेपनि, गढीमाई मेलाको लागि आजसम्म कुनै पनि बजेट नछुट्याएको भन्दै नेपाली कांग्रेसका सहमहामन्त्री फर्मुल्लाह मन्सुरले दुखेको पोखेका छन ।
सरकारले गढीमाई मेलालाई पर्यटनको विकासको अवसरको रूपमा लिनुपर्नेमा उल्टै एउटा क्षेत्रविशेषको मेला जस्तो मात्रै ठानेको स्थानीयको बुझाइ छ । तर कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले आफूहरुले गढिमाई मन्दिर र मेलाको विकास र प्रवद्र्धनको लागि कुनै कसर बाँकी नराख्ने बताए ।
संघीय सरकारले गढीमाई मेलामा आउने पर्यटकहरूका लागि पर्यटक सूचना केन्द्र तथा विभिन्न पर्यटकीय प्याकेजहरू सञ्चालन गर्न सके यसले दीर्घकालीन रुपमा नेपालको पर्यटनको विकासमा मद्दत गर्ने कुरामा कुनै दुविधा छैन् । तर अहिलेसम्म त्यस्तो कुनै ठोस योजना सरकारले नल्याएकोमा नेतृत्वमा बस्नेहरूकै कमजोरी रहेको स्थानीय बताउँछन ।