गिनीमा फुटबल फ्यानबीच झडप हुँदा ५६ जनाको मृत्यु
एजेन्सी । दक्षिणपूर्वी गिनीको एनजेरिकोरमा एक फुटबल खेलको क्रममा प्रतिद्वन्द्वी समर्थकहरूबीच आईतवार झडप हुँदा मृत्यु हुनेको संख्या ५६ पुगेको छ । जनरल मामादी डुम्बौया ट्रफीको फाइनल खेलको क्रममा एनजेरिकोर र लाबेबीच हिंसा भएको थियो ।
खेलको अन्त्यमा तनाव बढ्यो । जब एनजेरेकोरलाई पेनाल्टी दिइयो । जसको कारण लेबेका खेलाडीहरूले कडा विरोध गरेका थिए । स्थिति बिग्रिएपछि सुरक्षा बलहरूले अश्रु ग्यास प्रयोग गरेका थिए ।
गिनीका प्रधानमन्त्री अमाडो ओरी बाहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १५:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय