News 24 Television
अघिल्लो निर्वाचनमा  भन्दा कीर्तिपुरमा उपनिर्वाचनमा कम मत

काठमाडौं । गत निर्वाचनमा भन्दा कीर्तिपुर नगरपालिकाको उप निर्वाचनमा कम मत खसेको छ । मेयर सहित वडा नम्बर १ र ४ को वडा अध्यक्ष पदका लागि भएको उप–निर्वाचन–मा अघिलो निर्वाचनभन्दा कम ६८ प्रतिशत मात्रै मत खसेको छ । 

कीर्तिपुर नगरपालिकामा भएको मेयर सहित वडा नम्बर १ र ४ को वडा अध्यक्षको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भई सकेको छ । निर्वाचन शान्तिपुर्णरुपमा सम्पन्न भए पनि गत निर्वाचनमा भन्दा ६८ प्रतिशत कम मत खसेको छ । गत निर्वाचनमा ३० हजार ३ सय २८ मतदाता हुदाँ ७९ प्रतिशत मत खसेको थियो । तर यो पटक मतदाता संख्या थपिएर ३१ हजार १ सय १२ पुग्दा पनि ६८ प्रतिशत मात्रै मत खसेको हो । 

त्यसैगरी कीर्तिपुर नगरपालिकामा विगतको तुलनामा मतदाताको उत्साहमा पनि कम देखिएकोे छ । मतदान केन्द्रमा पुगेका मतादाताहरुले पनि योग्य व्यक्तिलाई छानेर मतदान गरिएको जनाएका छन् । 

विगतको निर्वाचनमा जस्तो मतदातदान केन्द्रहरुमा मतदाताको बाक्लो मात्रामा उपस्थिती देखिएन । तर मतदान केन्द्रमा पुगेका उम्मेदवारहरुले भने मतदातामा उत्साह छाएको बताउँदै मतदाताले स्वविवेकले मतदान–गरेको बताए । 

मतदाताले हालेको मतलाई कीर्तिपुर नगरपालिकाको हलमा ल्याई गणाना गर्ने गरी तयारी मिलाईएको छ । आईतबार रातिबाटै मत गणना गरि सोमबार दिउँसोसम्म सबै नतिजा निकाल्ने तयारी गरेको निर्वाचन अधिकृतको भनाइ छ । 

निर्वाचनको सुरक्षामा नेपाल प्रहरी पहिलो, शसस्त्र प्रहरी दोस्रो र सेना तेस्रो घेरामा थिए । मतदातामा खास्सै उत्साह नदेखिए पनि मतदान भने शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ । 

प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  ०८:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update