काठमाडौं । विश्वभर एचआईभीका कारण हुने नयाँ सङ्क्रमण र मृत्युको संख्यामा कमी आएको छ । नेपालमा पनि सन् २०२३ को तुलनमा ९१ प्रतिशत एचआइभीको संक्रमण घटेको छ । तर अहिले पनि एचआईभी सङक्रमितमाथिको समाजिक दृष्टिकोण परिवर्तन नहुदाँ ५ हजार संक्रमित उपचारको दायरा भित्र आउन सकेका छैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ३९ करोड ९ लाख मानिस एचआई भएर बाँचीरहेका छन् ।
जसमा १४ लाख नवजात शिशूदेखि १४ वर्ष सम्मका बालबालिका रहेका छन् । विश्वमा नै सन् २०१० यता एचआईभीका नयाँ संक्रमित ७५ प्रतिशतले घटेको छ भने एड्सका कारण ज्यान जानेको संख्या पनि आधाले घटेको देखिन्छ । नेपालमा पनि सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको तथ्यांक छ ।
सरकारी तथ्यांक अनुसार एचआइभी संक्रमितको अवस्था र उपचारको केन्द्रहरु
- नेपालमा सन् १९९८ मा पहिलो पटक एचआइभी एड्स देखिएको
- सन् २००० मा ४ हजार १ सय जना नयाँ सङ्क्रमित भेटिएको
- सन् २०२३ मा ४ सय ५७ जना मात्र नयाँ एचआइभी सङ्क्रमित फेला
- एड्सका कारण सन् २०१० मा १ हजार ७ सय जनाको मृत्यु
- सन् २०२३ मा मृत्यु हुनेको संख्या २ सय ३१ जना
- उच्च जोखिममा रहेका समूहमा सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशीने बढि
- सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईबाट लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण
- सन् २०२४ को राष्ट्रिय सर्वेक्षणअनुसार भारतमा कामदारका रुपमा जाने नेपालीमा शुन्य दशमलव दुई प्रतिशत सङ्क्रमण
- हाल ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध
नेपालले सन् २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति बनाएको छ । जसमा अहिले एचआइभी सङ्क्रमिमध्ये ९४ प्रतिशतको पहिचान, ८७ प्रतिशतको उपचार र ७४ प्रतिशतको शरीरमा भाइरसको भार कम भएको सरकारी तथ्यांक छ । तर अहिले पनि नेपाली समाजमा एचआइभी सक्रमितलाई हेरिने दृष्टिकोण नकारात्मक भएका कारण ५ हजार एचआइभी संक्रमित उपचारको दायरामा आउन सकेका छैनन् ।
एचआइभी अहिले पनि निको नहुने रोग भित्र परे पनि यसलाई नियन्त्रणका लागि भने औषधी उपचारमा चिकित्सा विज्ञानले सफलता हासिल गरिसकेको छ ।
बेलैमा उपचार भए स्वस्थ भई जीवनयापन गर्न सकिन्छ भने नियमित औषधि सेवन गरेको अवस्थाम संक्रमितले सन्तान पनि जन्माउन सक्छन् । त्यसैले रोग र रोग लागेका व्यतिmलाई हेर्ने दृष्टिकोणलाई फराकिलो बनाउनुपर्ने देखिन्छ ।