News 24 Television
निजी क्षेत्रलाई मनोबल बढाउन अर्थमन्त्री र गभर्नरको आग्रह

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सरकार अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको विश्वास बढाउन लागि परेको बताएका छन् । अर्थतन्त्रमा बाहिर हल्ला गरेको जस्तो अवस्था नरहेको दुई ठुला दलको सरकार भएकाले अर्थतन्त्रमा तत्काल आत्तिन नपर्ने अवस्था रहेको बताएका छन् । 

शनिवार नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २८ औ बार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्वोधन गदै अर्थमन्त्री पौडेलले राजनीतिक स्थिरता रहेको हुदाँ अर्थततन्त्रले पनि गति प्राप्त गर्ने बिश्वास गरे । अर्थविद तथा उद्यमी ब्यवसायीहरुले बैकको तरलताको अवस्था रहेको तर पनि ब्याजदर घट्दा पनि लगानी किन हुन सकेन भनेर अर्थमन्त्री समक्ष प्रश्न गरेका थिए । अर्थमन्त्री पौडेलले बाहिर भ्रम र हल्ला गरेजस्तो अवस्था नरहेको भन्दै लगानी गर्न र अर्थतन्त्रको विकासमा लाग्न आग्रह गरे । 

Sejon-award-2-1733050904.jpg
 

नेपाल राष्ट्र बैकका गभर्नर महाप्रसाद अधिकारीले निजी क्षेत्रले अहिलेको सहज अवस्थामा पनि लगानी किन नगरेको भन्दै ब्याजदर कम रहेको र तरलताको ब्यवस्थापन गर्न बित्तिय क्षेत्र तयार रहँदा पनि निजी क्षेत्र तयार नरहेको गुनासो पोखेको छन् । उनले समग्र आर्थिक अवस्थाको हिसावले नेपाल दक्षिण एसियामा दोस्रो स्थानमा रहेको क्रेडिट रेटिङबाट देखिएको भए पनि चूनौति भने कायमै रहेको बताए । सार्वभौम साख मूल्यांकनको अहिलेको स्तर थप राम्रो बनाउन प्रयास गर्न जरुरी रहेको उनको भनाई छ । 

मुलुकको आर्थिक र वित्तीय अवस्था विगतको भन्दा फरक नभएको कारण मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षामा समेत कुनै प्रावधान संशोधन नभएको उनले बताए । त्यस्तै अर्थतन्त्र सुधारका लागि मौद्रिक नीति मात्र जिम्मेवार नभई अन्य क्षेत्रको पनि भूमिका महत्वपूर्ण रहने उनले गभर्नर अधिकारीको भनाइ छ । 

“अहिलेको स्थिति चिर्नका लागि राज्यका सबै निकायको उत्तिकै भूमिका हुन्छ, मौद्रिक नीति माथिको निर्भरता घट्नु पर्छ, यदि मौद्रिक नीतिले सही काम गरेको छ भने यसलाई चलाउनु हुँदैन,” उनले भने । 

नेपाल बैकर्स एशोसिएसनका अध्यक्ष सुनिल केसीले बैकको कर्जाको ब्याजदर घटेको र तरलताको राम्रो ब्यवस्थापन हुदाँ पनि निजी क्षेत्रको लगानी आर्कषित हुन नसकेको स्थिती प्रति टिप्पणी गरे । बैकर्स संघका अध्यक्ष केसीले निजी क्षेत्रले लगानीको लागि बिश्वस्त भएर उद्योग ब्यापारमा लगानी गर्नु पर्ने बताए ।

economic-news-photo-4-1733050892.jpg
 

अर्थविद प्राध्यापक डा. अच्युत वाग्लले अर्थतन्त्रमा धेरै समस्या जटिलता भए पनि सरकार र सम्वन्धि पक्ष गम्भीर र चनाखो नभएको गुनासो गरेका छन् । अर्थशास्त्री वाग्लेले सरकारले बिदेशी मुद्राको संन्चिती र केही राम्रो तथ्याङ देखाएर मात्र अर्थतन्त्र सही बाटोमा नरहेको बताउँै अर्थतन्त्र समस्यामा परेको भन्दै सरकार र राष्ट्र बैक समक्ष प्रश्न राखेका छन् ।  राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा शिवराज अधिकारीले अर्थतन्त्रलाई सही बाटोमा ल्याउने काम भइरहेको र निजी क्षेत्रले सहज अवस्थामा पनि लगानी गर्न नसकेको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासघका अध्यक्ष चन्द्र प्रसाद ढकालले सरकारले लगानीको वातावरण र लगानी प्रतिको विश्वास बढाउन नसकेको भन्दै गुनासो गरे ।  नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले अर्थतन्त्रलाई चलायमान निजी क्षेत्रको विश्वास बढाउन सक्नु पर्ने बताए । 

economic-news-photo-3-1733050890.jpg
 

नेपाल उद्योग परिसंघका अध्यक्ष कमलेश कुमार अग्रवालले अर्थतन्त्र  अग्रवालले निजी क्षेत्रलाई बिश्वास गर्ने वातावरण निर्माण गर्न सरकारलाई आग्रह गरे । नेपाल आर्थिक पत्रकार समाजका अध्यक्ष सुजन वलीले मुलकको अर्थतन्त्रका विविध पक्षहरुमा अर्थ जगतका पत्रकारहरुले निर्वाह गरेको भूमिकाको चर्चा गरेका थिए । 

कार्यक्रममा सेजन अर्वाडको लागि पूर्व अध्यक्ष गजेन्द्र बिष्टको संयोजकत्वमा रहेको पुुरस्कार छर्नौट समितिले पत्रकारहरुको पुरस्कृत पत्रकारहरुको समाचार तथा रिर्पोटिङ लाई अर्वाडको लागि चयन गरेको थियो। 

Sejon-Award-01-1733050898.jpg
 

सेजन अर्वाडबाट पत्रकारहरु पुरस्कृत 

नेपाल आर्थिक पत्रकार समाज (सेजन) अवार्ड २०८१ आर्थिक पत्रकार शरद ओझाले प्राप्त गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज सेजनको २८ औ बार्षिकोत्सवको अवसरमा शनिवार उप्रधान तथा अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले सो पुरस्कार प्रदान गरेका हुन् ।

अर्थमन्त्री विष्णु प्रसाद पौडेलले ओझालाई १ लाख पुरस्कार राशीको सो अवार्ड प्रदान गरे । ओझा क्लिकमाण्डु डटकममा कार्यरत छन् ।  बजेटमार्फत सरकारले आयकर ऐनको दफा ५७ मा गरेको हेरफेर र त्यसमा रहेको त्रुटीबारे समाचार लेखे बापत उनलाई सो पुरस्कार प्रदान गरिएको हो । 

साथै नेपाल आर्थिक पत्रकार समाजले शनिबार  विभिन्न विधामा कलम चलाउने  आर्थिक पत्रकारलाई पुरस्कृत गरेको छ । डा. भोला चालिसे लिवरल जर्नाजिलम अवार्ड सेतोपाटी डटकमका पत्रकार भागवत भट्टराईले प्राप्त गरेका छन् । सेजनले उदार अर्थतन्त्र र निजी क्षेत्रको विकासमा कलम चलाउने पत्रकारलाई डा. भोला चालिसे लिवरल जर्नालिजम अर्वाड प्रदान गर्ने गरेको छ ।

sejon-aweard-1-1733050890.jpg
 

त्यसैगरी छापा माध्यम तर्फ यस बर्ष कारोबार दैनिककी कौशिला कुँवरले सेजन अर्वाड प्राप्त गरेकी छिन् । डिजिटल मिडिया तर्फको सेजन अवार्ड १२खरी डटकमका कमल धितालले प्राप्त गरेका छन् । त्यसैगरी स्व.सञ्जय न्र्याैपानेको स्मृतिमा स्थापित एक लाख राशीको फेलोसिपको लागि बिजमाण्डु डटकमका पत्रकार सुवास योञ्जनलाई छनौट गरेको छ ।

त्यसैगरी सो अवसरमा स्वं सागर घिमिरे स्मृति फुटसल प्रतियोगिताका विजेता टोलीहरुलाई समेत अर्थमन्त्री पौडेलले नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गरेका थिए । 

SEJON_Award_5-1733051565.jpg

SEJON_Award_6-1733051565.jpg

SEJON_Award_4-1733051566.jpg

 

economic-news-photo-3-1733050890.jpg

economic-news-photo-4-1733050892.jpg

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १६:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update