News 24 Television
जलवायु परिवर्तनको भयावह तथ्य, १ अर्ब बढि बालबालिका जोखिममा 

काठमाडौं । जलवायु परिर्वनबाट श्रृति विभिन्न समस्याहरु विश्वको टाउँको दुखाई बनेको छ । जलवायु परिर्वनका कारण सिर्जिएका समस्याहरु मध्ये वातावरणीय प्रभाव पनि एक हो । 

जलवायु परिर्वनले सबै उमेर समुहका व्यतिm प्रभावित भएपनि बालबालिका अझ बढि प्रभावित बन्ने गरेका छन् । संयुक्त राष्ट्रसंघीय नियोग युनिसेफका अनुसार विश्वका करिब एक अर्ब भन्दा बढि बालबालिका जलवायु परिर्वन र प्रदुषणका कारण जोखिममा परेका छन् । 

जलवायु परिवर्तनले निम्त्याएको संकटले विश्वव्यापी आपतकाल मात्र नभएर बाल अधिकार समेत संकटमा परेको विज्ञहरुले औल्याएका छन् ।

जलवायु परिर्वतनका कारण बालबालिकाको शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षाको अधिकार, स्वच्छ पानी र हिंसाबाट जोगाउने अधिकारमा समेत प्रभाव पारिरहेको छ । तथ्यांक अनुुसार नेपालको झन्डै ८० प्रतिशत जनसंख्याले जलवायु सृजित जोखिमको सामना गरिरहेका छन् । 

विश्वभरका कुरा गर्ने हो भने, कुनै न कुनै रूपमा जलवायु परिवर्तन र प्रदूषणको नकारात्मक असर बालबालिकामा परिरहेको छ । जलवायु परिवतनकै कारण भारत, नाइजेरिया, फिलिपिन्ससहित अन्य ३३ मुलुकका बालबालिकाको शिक्षा, स्वास्थ्य र सुरक्षा संकटमा परेको समेत विभिन्न अध्ययनहरुमा देखिएको छ । 

तथ्यांक हेर्ने हो भने विश्वका ९२ करोड बालबालिका स्वच्छ पानीको पहुँचबाट टाढा छन् । त्यस्तै ८२ करोड हिटवेभ र ६० करोड बालबालिका मलेरिया र डेंगुजस्ता कीटजन्य रोगबाट प्रभावित बनेका छन् । जलवायु परिवर्तको असर सबै भन्दा कम कार्बन उत्सर्जन गर्ने मुलुक र त्यसका बालबालिकाहरुलाई परेको छ । 

जलवायु परिवर्तनबाट सृजित विभिन्न समस्याका कारण बालबालिका आफ्नो नैसर्गिक अधिकारबाट समेत बन्चित बन्ने गरेका छन् । जसका लागि सेभ द चिल्ड्रेन लगायतका संघसंस्थाहरुले बालबालिका तथा युवालाई अगुवा बनाएर यसका लागि विभिन्न अभियानहरू संचालनमा ल्याएका पनि छन् । 

जवायु परिवर्तनकै कारण वायु प्रदुषण बढ्दा तराई क्षेत्रका विद्यालय हरेक वर्ष सुख्खायाममा बन्द हुने गरेका तथ्य सार्वजनिक हुने गर्दछ । 

त्यति मात्र नभएर यसको असरका कारण बालबालिका स्वस्थ वातावरणमा खेल्ने, कुद्ने, खाने, पढ्ने जस्ता अधिकारबाट समेत बच्चित हुन बाध्य बनेका छन् । जलवायु परिवर्तनले निम्तीएका यी र यस्ता असरका कारण बालबालिकाको मृत्युको कारण निमोनिया, दम, ब्रोङकाइटिस र अन्य श्वासप्रश्वासजन्य संक्रमणहरु बन्ने गरेका छन् । 

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को तथ्यांक अनुसार नेपालमा पाँच वर्षमुनिका करिब दुई हजार बालबालिका वायु प्रदूषणसँग सम्बन्धित स्वास्थ्य समस्याका कारण अकालमा ज्यान समेत गुमाउने गरेका छन् । 

प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  ०८:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update