News 24 Television
टिङ्कर पुगेर मन्त्री र सेनाले देखाए रवैया, स्थानीयमाथि यस्तो दुव्र्यवहार !  

दार्चुला । दार्चुलाको टिङ्ककर सडकका विषयमा प्रश्न सोध्दा नेपाली सेनाले स्थानीय र सञ्चारकर्मीमाथि दुव्र्यवहार गर्दा अहिले संघीय सरकारकामन्त्रीहरु र सेनाको आलोचना चुलिएको छ ।

टिङ्ककर सडक अनुगमनको लागि दार्चुला पुगेका संघीय सरकारका भौतिक पूर्वाधार मन्त्री, रक्षा मन्त्री तथा प्रधान सेनापतिको टोली जिरो प्वाइन्टको भिजिट नै नगरी काठमाडौं फर्किएका थिए । यसक्रममा नेपाली सेनाले स्थानीयवासी र सञ्चारकर्मीलाई दुव्र्यवहार गरेको थियो । 

बुधबार मंसिर १२ गते संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र रक्षा मन्त्री मानविर राईको टोली प्रधानसेनापति अशोकराज सिग्देल सहित दार्चुला टिकंर सडक अनुगमनमा पुगेका थिए । तर, टोली जहाँसम्म अनुगमन गनुपर्ने त्यहासम्म जिरो पोइन्ट अनुगमन नगरिनै फर्कियो । 

यस अनुगमनका क्रममा मन्त्रीसहितको नेपाली सेनाको टोलीले स्थानीय र सञ्चारकर्मीमाथि दुव्र्यवहार गरेको विषयमा अहिले आलोचना चुलिएको छ । प्रत्येक वर्ष टिकंर सडक अनुगमनका नाममा राज्यको लाखौं रुपैयाँ ढुकुटी रित्याउने सरकारी टोलीले सडकको प्रगति त केही गर्न सकेको छैन नै, यस पटक त सरकारी टोलीले उल्टै स्थानीयमाथि दुव्र्यवहार ग¥यो । 

सरकारी टोलीले रवैया देखाइ नागरिकको अपमान गरेको भन्दै यस क्षेत्रका स्थानीय आक्रोशित छन् । तुसारपानी देखि तिंकरसम्मको ७९ किमि सडक निर्माणको जिम्मेवारी पाएको नेपाली सेनाले ५ बर्षमा १३ किमि सडकको ट्र्याक खोलेको दावि गरेपनि अझै साना सवारीसाधन चल्ने अवस्था पनि छैन् । 

सेनाले छिटो कार्य गर्छ भनेर जिम्मेवारी दिएपनि नेपाल सरकारले उक्त सडकमा बजेट कटौती गरेको छ । यसैकारण निर्माण भैसकेको १३ किमि ट्रयाकमा कहिलेबाट गाडि गुड्ने हो एकीन छैन् ।

स्थानीय व्याँसवासीहरुले स्वदेशतर्फ आफ्नो गाउँ आवतजावत गर्न पैदल बाटो समेत नहुँदा सधै जसो भारतीय एसएसपीको ज्यादती सहेर भारतको बाटो हिड्नु नेपालीको बाध्यता छ ।
 
वि.सं.२०६५ देखि शुरु भएको दार्चुला तिंकर सडकको निर्माण कार्य कछुवा गतिमा अघि बढेको छ । सुरु सुरुमा सडक विभागले डेढ वर्षमै ४० किमि सडकको ट्र्याक खोलेको थियो तर पछिल्लो समयमा ढिला सुस्तीको कारण ५ वर्षमा जम्मा १३ किमि मात्रै ट्रयाक बेगरको सडक निर्माण गरेको छ । 

स्थानीय यिनै प्रश्न सहित सरकारी टोली रहेको ठाउँमा पुग्न खोज्दा सेनाले आफ्नो परिसरभित्र जानमा नै रोक लगाइदियो । यस विषयमा आफ्नो असक्षमता लुकाउन सेनाले स्थानीयका प्रश्नको सामना नै नगरि उनीहरुलाई बाहिरै रोकेर राख्नु नागरिकमाथिको दुव्र्यवहार भएको भन्दै स्थानीयले आक्रोश पोखेका छन् । 

मन्त्रीहरुको अनुगमन तालिकामा जिरो पोइन्ट भिजिट गर्ने बताइएको थियो  ।  तर, त्यसो गरिएन । न त मन्त्रीहरुले स्थानीय जनप्रतिनिधि, सरोकारवाला निकाय, पत्रकार कसैसँग केही कुरा गरे । उनीहरुको अनुगमन केवल रवाफ देखाउने शैलीको मात्रै देखिएको टिप्पणी भइरहेको छ । 

कागजमा चुच्चे नक्सा राखेर राष्ट्रियताको बिगुल फुक्ने वर्तमान सरकारका विभागिय मन्त्रीहरु दार्चुला पुगेर झारा टार अनुगमन शैलीले उनीहरु  टिंकर सडक र तिन्कर्बासीको अवस्था र व्यवस्थाप्रति गम्भिर होइनकी टिंकरको नाममा राजनीति गर्ने र राज्यको ढुकुटी दोहन गर्नेमा मात्रै केन्द्रित देखिएको स्थानीयस्तरबाट टिप्पणी भइरहेको छ । 

काठमाडौंमा बसेर कालापानीका चर्का कुरा गर्नेहरुले व्याँसका नागरिकलाई भेटेर उनीहरुको अवस्था र गुनासोसम्म सुन्न नसकेको व्यासबासीले गुनासो छ । 

प्रकाशित मिति: शनिबार, मंसिर १५, २०८१  ०८:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update